
एनडीए यूकेद्वारा वरिष्ठ नेत्ररोग विशेषज्ञ रुइतलाई सम्मान
लन्डन ११ जुलाई २०२३ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत बेलायतमा सम्मानित भएका छन् । नेपाली राजदूतावास लन्डनको सहकार्यमा नेप्लिज डक्टर्स एसोसिएसन यूके (एनडीए यूके) ले आइतबार एक समारोहबीच डा रुइतलाई सम्मान गरेको हो



