बेलायत

हार्दिक श्रद्धान्जली: ससिराम पुन

हार्दिक श्रद्धान्जली बाग्लुङ जिल्ला रिघा निवासी, मेरा आत्मीय मित्र श्री ससिराम पुनज्युको आकस्मिक निधनको खबरले स्तब्ध भएका छौं । मृतात्माको चिरशान्तिको कामना गर्दै, यस दुखद घडीमा सोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै भगवानसंग प्रार्थना

नेपालका प्रथम सहिद लखन थापाको तस्बिर नेपाली एम्बासी लन्डनमा सजियो

नेपालका प्रथम सहिद लखन थापाको तस्बिर नेपाली एम्बासी लन्डनमा सजियो चिम्खोले काईला मंगलवार १४ फेब्रुअरी २०२३ – बेलायत। नेपालका प्रथम सहिद लखन थापाको तस्बिर नेपाली एम्बासी लन्डनको मुख्य कक्षमा सजिएको छ। सो तस्बिर लखन थापा

एनआरएनए यूकेको कार्यवाहक अध्यक्षमा भरत चोङवाङ

लन्डन १३ फेब्रुवरी २०२३ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष तथा प्रवक्ता भरत चोङवाङले पाएका छन् । अध्यक्ष प्रेम गाहामगर यही सोमबार नेपाल प्रस्थान गरेपछि गाहामगरले आफ्नो पदीय जिम्मेवारी चोङवाङलाई

डा चन्द्र लक्सम्बाको दोस्रो स्मृति दिवसमा पुस्तक विमोचन

लण्डन १४ फेब्रुअरी २०२३ । पूर्व गोरखा सैनिक, प्राज्ञ डा. चन्द्र लक्सम्बाको दोस्रो पुण्य स्मृति दिवसका अवसरमा उहाँका बारेमा अरूले लेखेका सम्झना तथा डा. लक्सम्बाकै लेखहरू समेटिएको पुस्तक विमोचन गरिएको छ । सेन्टर फर नेपाल

नेपाली चलचित्र ङ्हेल्स्यो (सैना) ले दर्शकलाई भाबुक बनायो

नेपाली चलचित्र ङ्हेल्स्यो (सैना) ले दर्शकलाई भाबुक बनायो नेपाली चलचित्र ङ्हेल्स्यो (सैना) प्रथम पटक बेलायतमा भब्य प्रदर्शन भएको छ। उक्त चलचित्र आइतवार १२ फेब्रुरी २०२३ को दिन बेलायतको अल्डरसर्ट एम्पायर हलमा भब्य प्रदर्शन भएको छ।

गैर आवासीय नेपाली संघ बेलायतको कार्यवाहक अध्यक्षमा उपाध्यक्ष तथा प्रवक्ता भरत चोङवाङ

लन्डन । १३ फेब्रुवरी २०२३ । गैर आवासीय नेपाली संघ बेलायतको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष तथा प्रवक्ता भरत चोङवाङले पाएका छन् । अध्यक्ष प्रेम गाहामगर यही सोमबार नेपाल जाने भएपछि गाहामगरले आफ्नो पदीय जिम्मेवारी चोङवाङलाई

क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको सातौं वार्षिक भेटघाट

तस्बिर : मिलन तमु लन्डन १२ फेब्रुअरी २०२३ । क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको सातौं भाइखलक तथा चेलीबेटीहरु वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । अध्यक्ष क्या पिताम्बर गुरुङको अध्यक्षमा अल्डरसटस्थित एम्पायर हलमा ११

१४६ औँ लखन थापा स्मृति दिवस सम्पन्न

 १४६ औँ लखन थापा स्मृति दिवस सम्पन्न गुमान सिङ थापा यहि मिति शनिवार  ११ फेब्रुअरि २०२३ का दिन मगर संघ युकेले नेपालको प्रथम शहिद लखन थापा मगर को १४६ औँ स्मृतिदिवस मगर भवन  बेलायतको फार्नबोरोस्थित आफ्नै मगर भवनमा  सम्पन्न गरेको छउक्त कार्यक्रममा नेपालका प्रथम  शहिद लखन थापामगरलगायत सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुको स्मृतिमा १ मिनेट मौनधारण गरिएको गरेपछि मगर संघ युकेका अधक्ष्य सीता पुनमगरले प्रथम शहिदको तस्बिरमा दिप प्रज्वलन, खादा, जल र फुलको गुच्छा अर्पण गरेका थिए I उक्त स्मृति दिवसमा  गैर आबसीय नेपाली संघ (एनआरएन) युकेका अधक्ष्य श्री प्रेम गाहामगर, जनजाती महासंघ युकेका अधक्ष्य श्री कर्म पहाडी शेर्पा, मगर संघ युकेका संस्थापक अधक्ष्य श्री थर्क रानामगरले आ-आफ्नो भनाइ राखेका थिए । सो कार्यक्रममा संस्थाका सचिव श्री गोमन सिङ पुनले नेपालको प्रथम शहिद लखन थापामगरको वारेमा संक्षिप्त भनाइ  राखेका थिए । कार्यक्रममा मगर संघ युकेको मगर मास्टर डिग्री तथा पीएचडी छात्रवृति कोषका नेपाल संयोजक मेजर कृष्ण कुमार आलेले  लखन थापामगरको नाममा भएका कार्यहरु जस्तै: गोर्खाको बुङ्ग कोटस्थित लखन थापा प्राथमिक बिद्यालयलाई खरिद गरिदिएको जमिन तथा लखन थापा स्मृति कोषको बारेमा जानकारी गराएका थिए भने  मगर संघ युकेले संचालन गरेको मगर मास्टर डिग्री तथा  पीएचडी छात्रवृति कोषको वारेमा समेत जानकारी दिएका थिए। मगर संघ युकेका अधक्ष्य श्रीमती सीता पुनको सभपतित्वमा संचालित कार्यक्रम संस्थाका महासचिब महासचिव गुमान सिङ थापामगरले संचालन गरेका थिए। कार्यक्रममा एन आर एन युकेका अध्यक्ष श्री प्रेम गाहा मगर, जनजाती महासंघ युके का अध्यक्ष श्री कर्मा पहाडी शेर्पा, मगर  संघ युके का संस्थापक अधक्ष्य श्री थर्क राना मगर, पुर्व अध्यक्ष मेजर कुल थापा मगर, मगर संघ युकेको मगर मास्टर डिग्री तथा पीएच डी छात्रवृति नेपालका संयोजक श्री कृष्ण कुमार आले, युएचएसवी शाखाका अध्यक्ष श्री ऋषि राम राना, शाखा सचिव श्री गणेश बुराथोकी, शाखा कोषाधक्ष्य श्री गोप सिंजाली मगर, शाखा महिला प्रमुख र उपाधक्ष्य श्रीमती धना रोका मगर र  अन्य सदस्यहरु,  उपस्थित बुवा आमाहरु, कार्यसमितिका उपस्थित सदस्यज्युहरु, सल्लाकारहरु मगर संघ युके युवा संयोजक श्री अनिल थापामगर, युवा सचिव सुश्री बिपना थापामगर, युवा सहसचिव सुश्री मेरिन पाइजामगर, युवा मिडिया पर्सन अमित राम्जालीको उपस्थिति रहेको थियो I

प्रथम शहीद लखन थापामगर संक्षिप्त जीवनी

प्रथम शहीद लखन थापामगर संक्षिप्त जीवनी गोमान सिङ पुन वि•स• १८९१ मा गोरखा जिल्लाको शहीद लखन गाउँपालिका वडा नं-७ स्थित काहुले भंगार भन्ने गाउँमा जन्म भएको थियो। आफ्नो मातापिताको जुम्ल्याहा सन्तान मध्य कान्छो सुपुत्र भएकोले

मगर संघ युकेले ४१ सौं मगर दिवस तथा २० सौं बर्षगाँठ मनाउदै

मगर संघ युकेले ४१ सौं मगर दिवस तथा २० सौं बर्षगाँठ मनाउदै जमुना पुन ०९ फेब्रुअरी २०२३, बेलायत । मगर संघ युकेले ४१ सौं मगर दिवस तथा मगर एकता दिवस यहि आउदो २५ फेब्रुअरी २०२३

बेलायतद्वारा रुसमाथि नयाँ प्रतिबन्धको घोषणा

लन्डन ९ फेब्रुअरी २०२३ । युक्रेन युद्धको विषयलाई लिएर बेलायतले रुसविरुद्ध थप प्रतिबन्धकपो घोषणा गरेको छ । बेलायतका विदेश मन्त्री जेम्स क्लिभरलीले बुधबार रूसी सेना र क्रेमलिन अभिजात वर्गहरू विरुद्ध नयाँ चरणको प्रतिबन्धको घोषणा गरेका

एनआरएनए यूकेले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने

एनआरएनए यूकेले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने गैर आबासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहामगरले एनआरएनए यूकेले गत २८ जनवरी २०२३ मा आयोजना गरिएको वंशजको नेपाली नागरिकता सम्बन्धी वहसमा सुझाव सल्लाहप्रति कृतज्ञता व्यक्त गरका छन

error: Content is protected !!