बेलायत

कोरोनादेखि डराउनु हुँदैन’: डा प्रसन्न गौतम

ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) अन्तर्गत एबरडिन युनिभर्सिटी हस्पिटल्स ट्रस्टमा  वृद्धवृद्धाको स्वास्थ्य स्याहार सम्बन्धि परामर्शदाता  (जेरीयाट्रिक कन्सलट्यान्ट) को रुपमा काम गरेका डा.  प्रसन्न गौतमअहिले सपरिवार स्कटल्यान्डको एबरडिन मा बस्छन् ।नेपाली, हिन्दी, अंग्रेजी र संस्कृतमा थुप्रै पुस्तकहरु लेखेका ऋग्वेदका ज्ञाता

कोरोना अपडेट : बेलायतमा ७९७८ मृत्यु, ६५०७७ संक्रमित

लन्डन । विश्‍वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड १९ ) बाट बेलायतमा बिहीबार मध्यान्‍हसम्म ७ हजार ९७८ जनाले ज्यान गुमाएका छन् । ६५ हजार ०७७ जना संक्रमित छन् । जसमध्ये १ हजार ५५९ जनाको

साउथ इस्ट लन्डनमा शान्ति पाठपूजा

एटा सम्वाददाता लन्डन । कोरोना भाइरस (कोभिड १९) महामारी निर्मूल होस्, विश्‍वभरी शान्ति छाओस् र सबैको जीवनमा खुशीयालीको कामनासहित लन्डनमा शान्ति पाठपूजा गरिएको छ । तमु प्ये ल्हु संघका अध्यक्ष मेजर खुशीमान गुरुङ MVO र

तमुधि लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष चेतप्रसाद गुरुङको निधन

ज्ञाम गुरुङ, लण्डन ।  तमुधि लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष चेतप्रसाद गुरुङको निधन भएको छ । ५९ वर्षीय गुरुङको ७ अप्रिल २०२० मंगलबार उपचारका क्रममा निधन भएको हो । उनी 21163241 Ex GTR थिए । स्वास्थ्य

सकारात्मक सोच नै कोरोनाबाट बाँच्ने अचुक उपाय: डा. राई

मनोविज्ञ डा. सुमाया राई त्रिभुवन विश्वविद्यालयकी पूर्व उपप्राध्यापक हुनुहुन्छ । उहाँले मनोविज्ञान विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गर्नुभएको छ । हाल उहाँ लण्डनको ह्यारोमा बसोबास गर्दै आउनुभएको छ । प्रस्तुत छ उहाँसित कोरोना भाइरसले मानिसहरुको मनस्थितिमा

बेलायतमा एकै परिवारका ३ नेपालीलाई कोरोना

लन्डन । कोरोना भाइरस (कोभिड- १९) बाट यहाँका एकै परिवारका ३ जना संक्रमित भएका छन् । चितवनका अनिल सेढाईं, उनकी श्रीमती मिरा सेढाई र भाइ होमराज सेढाईलाई कोभिड-१९ पोजेटिभ देखिएको हो । श्रीमतिलाई कोभिड १९

कोभिड–१९ को त्रासकाबीच पनि नेपाली ग्रोशरीहरु ग्राहकहरुको सेवामा जुट्दै

एटा संवाददाता । लण्डन । कोरोना भाइरस कोभिड–१९ का कारण विश्वका अधिकांश देश लकडाउनको अवस्थामा गुज्रिरहेको छ । त्यसमा पनि युरोप र अमेरिकाको अवस्था अरु देशको तुलनामा निकै नाजुक देखिन्छ । र, बेलायत पनि गत

स्वास्थ्यकर्मीहरुको १ वर्ष म्याद थप्दै बेलायत

लन्डन । बेलायतले कोरोना भाइरस (कोभिड १९) परास्त गर्न अहोरात्र खटिएका चिकित्सक, नर्स र प्यारामेडिक्सको भिसा एक वर्ष थपिदिने भएको छ । स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्न सरकारले बिनाशुल्क एक वर्ष भिसा अवधि स्वतः थपिदिने गृह मन्त्रालयले

लकडाउनमा बत्ती निभाउँदै जुर्मुराए स्रष्टाहरू

अमित याक्थुङ्गबा केन्ट (बेलायत) । कोभिड–१९ कोरोना भाइरसको महामारीले विश्वका सवा दुई अर्ब बढी मानिसहरू अहिले लक डाउनमा छन् । यूके पनि छ मार्च २३ यता तीन हप्ते लक डाउनमा छ । यसबीच सबैको सामान्य

The changing pattern of crime during Covid-19.

04/04/2020 There has been a noticeable change in the type of crime committed during COVID-19, with some criminals resorting to more traditional methods.There has been a marked drop in house burglaries, theft (mainly from shops)

नेपाली राजदूतावास, लण्डनको अपिल र अत्यन्त जरुरी सूचना

नेपाली राजदूतावास, लण्डनको अपिल र अत्यन्त जरुरी सूचना संयुक्त अधिराज्य वेलायतमा कोरोना भाइरसको संक्रमणमा वृद्धि भई नेपालीहरु पनि प्रभावित भैरहेको व्यहोरा यहाँहरु सबैमा विदितै छ । नेपालबाट आई वेलायतका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुले यस घडीमा सुरक्षित, संयमित र अनुशासित रहन र अत्यावश्यक अवस्थामा राजदूतावासको निम्न सम्पर्क नम्बर र इमेलमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ । राजदूतावासको इमेल: eon@nepembassy.org.uk, उप—नियोग प्रमुख, श्री शरदराज आरण, मोवाइल नम्बर 07460595188 तृतीय सचिव, श्री तेजेन्द्र रेग्मी, मोवाइल नम्बर, 07427330837 विद्यार्थीहरुले राजदूतावासमा सम्पर्क गर्दा नेपालमा आफ्नो अभिभावकको नाम, सम्पर्क इमेल र टेलिफोन नम्बर, आफूलाई वेलायतको विश्वविद्यालयमा पठाउने शैक्षिक कन्सल्टेन्सीको नाम, इमेल र सम्पर्क नम्बर एवं सम्बन्धित विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने पदाधिकारीको नाम, इमेल र सम्पर्क नम्बर समेत उपलव्ध गराइदिनु हुन अनुरोध गरिन्छ ।  संयुक्त अधिराज्य (वेलायत) का गैरआवासीय नेपाली संघ लगायत सबै नेपाली संघ, संस्था र समाजहरु एवं समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुले कोरोना भाइरसको संक्रमणमा वृद्धि भैरहेको परिप्रेक्ष्यमा एक आपसमा सूचना आदानप्रदान, समन्वय र सहयोग गरिरहनु भएकोमा राजदूतावास यहाँहरु सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछ । हाल नेपालबाट आई वेलायतका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुमध्ये केही विद्यार्थीहरुमा खानाको व्यवस्थापन लगायतका समस्याहरु रेको बुझिन आएको परिप्रेक्ष्यमा उहाँहरुलाई सुरक्षित, संयमित र अनुशासित रहन र अत्यावश्यक अवस्थामा राजदूतावासमा सम्पर्क गर्न अनुरोध गरि सकिएको छ । उहाँहरुको समस्या समाधानकोलागि यस राजदूतावासले वेलायत सरकारका सम्बन्धित निकाय र सम्बन्धित विश्वविद्यालयहरुमा समेत कुराकानी गरिरहेको छ । वास्तविक समस्यामा परेका र भविष्यमा समस्यामा पर्न सक्ने विद्यार्थीहरुलाई आर्थिक लगायत अन्य सहयोगहरु उपलव्ध गराउनु हामी सबैको मानवीय कर्तव्य र जिम्मेवारी रहेको सन्दर्भमा विद्यार्थीहरुलाई स्वेच्छाले सहयोग गर्न चाहने इच्छुक महानुभावहरुले यस राजदूतावासको निम्न सम्पर्क नम्बरमा फोन वा इमेलमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ । राजदूतावासको इमेल: eon@nepembassy.org.uk, उप-नियोग प्रमुख, श्री शरदराज आरण, मोवाइल नम्बर 07460595188 इच्छुक महानुभावहरुलाई सहयोग गर्नुपर्ने सम्बन्धित विद्यार्थीको नाम र सम्पर्क नम्बर उपलव्ध गराई सम्बन्धित व्यक्तिसंग सम्पर्क गराई सहयोग गर्ने र सहयोग प्राप्त गर्ने महानुभावको विवरण राजदूतावासमा अभिलेखन गरी उचित समयमा विवरण सार्वजनिक गरी विशेष धन्यवाद व्यक्त गरिने व्यहोरा अवगतार्थ अनुरोध गरिन्छ ।  मिति: २०७६ चैत्र १८–३१ मार्च २०२० With Best Regards, Sharad Raj Aran DCM Embassy of Nepal, London 12 A Kensington Palace Gardens

नमस्कार  कोरोना प्रकोप सम्बन्धी सूचना आदानप्रदान, समन्वय तथा सहयोग समिति, संयुक्त अधिराज्य–वेलायत_ संयुक्त अधिराज्य -वेलायत_मा कोरोनाभाइरसको संक्रमण फैलिरहेको सन्दर्भमा वेलायतमा रहनुभएका नेपालीहरुमाझ सूचना आदानप्रदान, आवश्यक सहयोग र समन्वय कायम गर्न राजदूत डा. दुर्गा बहादुर सुवेदीको अध्यक्षतामा विभिन्न  महानुभावहरु सदस्य रहनुभएको कोरोना प्रकोप सूचना आदानप्रदान, समन्वय तथा सहयोग समिति र अन्य विषयगत समितिहरु गठन गरिएको र यी समितिमा देहायका महानुभावहरु रहनुभएको व्यहोरा अनुरोध गरिन्छ । सूचना संकलन सहयोग समिति   संयोजक श्री भगीरथ योगी bhagirath.yogi@gmail.com सदस्य श्री नवीन पोखरेल, realnabin@yahoo.com सदस्य श्री चिरन शर्मा, chirans@hotmail.com सदस्य श्री ध्रुव अर्याल aryal_draj@yahoo.com सदस्य श्री श्याम लुइटेल luitelshyam@gmail.com सदस्य श्री विपिन निरौला nbipin@gmail.com सदस्य

error: Content is protected !!