बल्याकवाटर भ्याली रनर्ससंग १० किमी दौड समन्वय बैठक सम्पन्न

लिला सेलिङ माबो – बेलायत। बल्याकवाटर भ्याली रनर्स (बिभिआर) सँग ग्रेटर रसमर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले १० किमी दौड सम्बन्धी समन्वय बैठक गत शुक्रबार, ७ अगस्ट २०२६ मा जीआरएनसी कार्यालयमा सम्पन्न भएको छ। गत वर्षभन्दा यस वर्ष दौडका लागि मार्सल व्यवस्थापनलाई अझ राम्रो र व्यवस्थित बनाउने विषयमा छलफल भएको यस बैठकमा बिभिआरका अध्यक्ष डेभिड पोर्टर […]
मगर संघ युके स्वर्गीय निर्मल पुर्जाको घरपरिवारसंग भेटघाट

बेलायत – मगर संघ युकेका पदाधिकारीहरूले आइतवार ९ अगस्त २०२६ का दिन स्वर्गीय निर्मल पुर्जा (निम्सदाई) को घरपरिवारसँग भेटघाट गरेका छन्। बेलायतको इश्लेस्थित निम्सदाईका साइला दाजु कमल पुर्जाको निवासमा भएको उक्त भेटघाटमा मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुन (लालु) को नेतृत्वमा सल्लाहकार मेजर चित्र राना मगर, वरिष्ठ उपाध्यक्ष रुद्र थापा मगर, उपाध्यक्ष गुमानसिङ थापा […]
श्रावण महिनाको अन्तिम सोमबार विशेष कार्यक्रम

हरि चन्द्र भट्टराई – बेलायत। बेलायतस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर, अल्डरशटमा पवित्र श्रावण महिनाको अन्तिम सोमबार १० अगस्त २०२६ को दिन विशेष धार्मिक कार्यक्रम आयोजना हुने भएको छ। भगवान् शिवको आराधना, पूजा, रुद्राभिषेक, भजन, सेवा तथा महादेवको स्मरण गर्नाले शान्ति, सुख, समृद्धि र आध्यात्मिक ऊर्जा प्राप्त हुने विश्वासका साथ यो कार्यक्रम राखिएको हो। कार्यक्रमअन्तर्गत […]
बेलायतमा ‘गौथली’ को प्रदर्शन अब १३ अगष्टसम्म मात्रै

लन्डन, बेलायत – नेपाली सामाजिक कथानक चलचित्र ‘गौथली’ ले शुक्रबार, ७ अगस्ट २०२६ मा बेलायतमा प्रदर्शन भएलगत्तै धेरैजसो सिनेमा घरहरूमा हाउसफुल र लगभग पूर्ण सिटका साथ असाधारण सुरुवात गरेको छ। दर्शकहरूको अभूतपूर्व प्रतिक्रियाका कारण सिनेवर्ल्ड सिनेमा घरहरूमा थप शोहरू थपिएका छन्। बेलायतमा चलचित्रको प्रदर्शन अवधि अब बिहीबार, १३ अगस्टसम्मका लागि बढाइएको छ, जसले दर्शकहरूलाई चलचित्र […]
बेलायतमा बालगायिका रुक्सना लिम्बुको एकल साँझ [हेरौं १८ फोटो]

लन्डन । बेलायतमा बालगायिका रुक्सना लिम्बुको एकल साँझ सम्पन्न भएको छ । द भ्वाइस अफ किड्सको अन्तिम फाइनलिस्ट लिम्बुको अगस्ट ८ तारिखमा आसफोर्डस्थित सिमोन चर्चमा एकल सांगीतिक साँझ भएको हो । सानै उमेरमा आफ्नो सुमधुर आवाज र प्रतिभाले धेरैको मन जित्न सफल रुक्सनाको एक साँझ पुगेका धेरैले उनको प्रशंसा गर्दै थप प्रगतिको शुभकामना दिएका छन् […]
निर्मल पुर्जालाई नेपाल सरकारले उचित सम्मान दिनुपर्छ : एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर

लन्डन । एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले नेपालका लागि असाधारण योगदान पुर्याएका विश्व प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’लाई नेपाल सरकारले उचित सम्मान दिनुपर्ने बताएका छन् । बालेन सरकारलाई ज्ञानपनपत्र बुझाउँदै अध्यक्ष गाहा मगरले राष्ट्रको प्रतिष्ठा र पहिचानलाई विश्वस्तरमा पुर्याउने योगदानको मूल्यांकन गर्दै राज्यले उचित सम्मान दिनुपर्ने बताएका हुन् । एनआरएनए यूकेले निर्मल पुर्जालाई तत्काल […]
नेपालयले ल्यायो २५ वर्षमुनिका ७५ लेखक

काठमाडौँ । शनिबार कालिकास्थानस्थित नेपालयको आरशाला खचाखच थियो । अक्सर साहित्यिक भीडमा देखिने अनुहारभन्दा फरक युवा अनुहारको बाहुल्य थियो । अस्ट्रियाको भियना विश्वविद्यालयमा प्राध्यापनरत लेखक अलका आत्रेय चूडाल भन्दै थिइन्, ‘लेखपढमा युवाहरुको यत्रो उत्साह देखेर म अचम्ममा परेँ । उहाँहरु किताब किनिरहनुभएको छ, पढिरहनुभएको छ, साहित्यिक जिज्ञासा राखिरहनुभएको छ । कति सुन्दर दृश्य देखियो आज […]
नुवाकोटको पञ्चकन्या राप्रपामा ‘ठूलो पहिरो’, पालिका अध्यक्ष कार्कीसहितले दिए सामूहिक राजीनामा

नुवाकोट । जिल्लाको पञ्चकन्या गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गाउँपालिका कमिटीका पदाधिकारी तथा सदस्यहरूले पार्टीका जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् । पार्टीको पञ्चकन्या गाउँपालिका कमिटीका अध्यक्ष चक्रबहादुर कार्की, उपाध्यक्ष गीता मिजार, उपाध्यक्ष शंकर थापा, सचिव जयराम थापालगायत गाउँपालिका तथा वडा कमिटीका पदाधिकारी र सदस्यहरूले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग हुने निर्णय सार्वजनिक […]
एनआरएनए यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङको अगुवाइमा जन्मथलोमा स्वास्थ्य शिविर

पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङले आफ्नो जन्मथलोमा क्यान्सर सचेतना एवम् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकी छन् । पुनमको अध्यक्षमा स्थापना गरिएको दिदीबहिनी एकता फाउण्डेसनको आयोजनामा शनिबार आफ्नै जन्मथलो पोखरा–१३ विजयपुर पोखरीगाउँबाट स्वास्थ्य शिविरको आयोजना गरिएको हो । बुबा कर्णेल स्वर्गीय मनिन्द्र गुरुङको प्रेरणाबाट फाउण्डेसनको स्थापना गरेको उनले जानकारी दिइन् । […]
घर फर्किने हुटहुटी र बसपार्कमा छुटेको त्यो साइकल [संस्मरण]

विक्रम भट्टराई मानिसले जीवनमा धेरै कुरा बिर्सन्छ। धेरै मानिसहरू भेट्छ, धेरै ठाउँहरू देख्छ, धेरै सपना पछ्याउँछ। तर एउटा कुरा भने कहिल्यै बिर्सँदैन उसको पहिलो जहाँ जन्म्यो हुर्क्यो त्यो घर फर्किने बाटो। आजभन्दा करिब तेत्तीस वर्षअघिको कुरा हो। एसएलसी पास गरेपछि बुबाले भन्नुभयो, “अब गाउँमा बसेर मात्रै हुँदैन। काठमाडौँ जाऊ। पढ पनि, जागिर पनि गर, दिदी–भिनाजुको […]
रमण महर्षिको जीवन र ‘म को हुँ ?’ भन्ने आत्म-विचार

रमण महर्षिको जन्म सन् १८९६ मा भएको थियो। उहाँलाई विद्यालय जान खासै इच्छा र रुचि थिएन। उहाँमा दुईवटा गहिरा चाहना थिए-इच्छा र आग्रहभन्दा माथि उठेर सत्यको खोज गर्नु र आफूलाई बुझ्नु। हामी मानिसहरू पनि कहिलेकाहीँ आफ्नै विचार र इच्छाको जेलमा बाँधिएका हुन्छौँ। त्यसैले हामी दुःखी हुन्छौँ। तर त्यही कुरा हामी आफ्ना छोराछोरीमाथि पनि थोपर्ने गर्छौ- […]
यस्तो भयो तनहुँ समाज यूकेको १९ औं वार्षिक भेटघाट तथा बीबीक्यू कार्यक्रम [तस्बिरहरु]

लन्डन । तनहुँ समाज यूकेको १९ औं वार्षिक भेटघाट तथा बीबीक्यू कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । शनिबार ८ अगस्ट २०२६ का दिन बेलायतको अल्डरशटस्थित अल्डरवुड लेजर सेन्टरमा विभिन्न सांगीतिक प्रस्तुतिसहित समाजको वार्षिक भेटघाट तथा बीबीक्यू कार्यक्रम भएको हो । ‘संस्कृति, भाषा र पहिचान : हाम्रो गौरव, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजित […]