बेलायतमा १९ सेप्टेम्बरमा नवौँ मगर गट ट्यालेन्ट, दर्ता खुला

लन्डन । बेलायतमा नेपाली तथा मगर समुदायका प्रतिभा उजागर गर्ने उद्देश्यले नवौँ संस्करणको ‘मगर गट ट्यालेन्ट–२०२६’ आयोजना हुने भएको छ। मगर युथ एसोसिएसन यूकेको आयोजनामा यही १९ सेप्टेम्बर शनिबार स्प्रिङवेस्ट एकेडेमी, ब्राउल्स लेनमा मगर गट ट्यालेन्ट हुने आयोजकले जनाएको छ। कार्यक्रममा गायन, नृत्यलगायत विभिन्न विधाका प्रतिभाहरूले आफ्नो कला तथा क्षमता प्रस्तुत गर्ने अवसर पाउनेछन्। कार्यक्रममार्फत […]

नेपालका बाढीपीडितलाई १ करोड १ हजार दिने घोषणा गरेको तमु धीं यूकेको सहयोग अभियान

लन्डन । नेपालका बाढीपीडितलाई १ करोड १ हजार दिने घोषणा गरेको तमु धीं यूकेले सहयोग अभियान सञ्चालन गरेको छ । ‘नेपाल निड अस’ अभियानमार्फत तमु धीं यूकेले विपद्को यस कठिन घडीमा प्रभावित परिवारसँग एकताबद्ध हुन र सक्दो सहयोग गर्न शुक्रबार सार्वजनिक अपिल गरेको हो । अगस्ट २५ मा भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो […]

काठमाडौंमा विशेष सांगीतिक कार्यक्रम ‘कला व सिर्जना’ सम्पन्न

काठमाडौं । नेपालभाषा एकेडेमीको आयोजनामा कीर्तिपुरको न्यामाँसिमास्थित अरनिको हलमा विशेष सांगीतिक कार्यक्रम ‘कला व सिर्जना’ भव्य रूपमा सम्पन्न भएको छ । गायक तथा संगीतकार स्वर्गीय योगेश वैद्यको ८० औं जन्मजयन्तीको अवसरमा उनको सांगीतिक योगदानको स्मरण गर्दै आयोजित कार्यक्रममा उनका १७ वटा कालजयी गीतहरू प्रस्तुत गरिएका थिए । कार्यक्रम सुरु गर्न अघि स्व. जनकवि दुर्गालाल श्रेष्ठ, […]

घान्द्रुक काम्चे कोने खलक यूकेको वार्षिक भेटघाट भव्य रुपमा सम्पन्न

पूर्ण गुरुङ लन्डन । घान्द्रुक काम्चे कोने खलक यूकेको १५औँ वार्षिक भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । वार्षिक भेटघाटको उद्घाटन संस्थापक अध्यक्ष गुणराज गुरुङ तथा ज्येष्ठ नागरिकद्वय गमप्रसाद गुरुङ र कुलबहादुर गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरेका थिए । फानबोरोस्थित ग्रेन्ज स्कुलमा शनिबार ५ सेप्टेम्बरका दिन बेलायत भ्रमणमा रहेकी तिलगंगा आँखा अस्पताल काठमाडौँकी […]

एभरेष्ट आर्चरी क्लब यूकेमा नयाँ कार्यसमिति, अध्यक्षमा बिल पुर्जा पुन मगर

लन्डन । एभरेष्ट आर्चरी क्लब यूकेको अध्यक्षमा बिल पुर्जा पुन मगर चयन भएका छन् । शनिबार ५ सेप्टेम्बरमा बेलायतको फार्नबोरोस्थित कोडी बोमेन स्पोर्ट्स एन्ड सोसियल क्लबमा सम्पन्न क्लबको पाँचौँ अधिवेशनले बिल पुर्जाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा याम शेरचन, सचिवमा हर्क पाइजा, सहसचिवमा आकाश गौचन, कोषाध्यक्षमा ओम पुन र सहकोषाध्यक्षमा […]

लन्डनको गोल्डेन सीप रेस्टुरेन्टमा बाढीपीडित सहयोगार्थ च्यारिटी डिनर, ५ लाख संकलन

लन्डन । नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारहरूको सहयोगार्थ बेलायतको लन्डनस्थित गोल्डेन सीप रेस्टुरेन्टमा आयोजना गरिएको च्यारिटी डिनर नाइटमा ५ लाख रुपैयाँ संकलन भएको छ । साउथ ह्यारो टेडर्स एसोसिएसन र गोल्डेनसीप रेस्टुरेन्टको सहकार्यमा शुक्रबार साँझ सम्पन्न च्यारिटी डिनरमा २५०० पाउन्ड (करिब ५ लाख रुपैयाँ) संकलन भएको रेस्टुरेन्टका प्रोपाइटर देव गुरुङले जानकारी दिएका छन् […]

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले दियो बाढीपीडितका लागि २० लाख, कसले कति दिए ?

काठमाडौं। भोटेकोसी बाढीपीडितका लागि स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वयन समितिले २० लाख रुपैयाँ प्रदान गरेको छ । समितिको समन्वयमा मातहतका संस्था तथा आबद्ध पदाधिकारीहरूको सहयोगमा उक्त रकम संकलन गरिएको हो । अन्तर्राष्ट्रिय समन्वय समितिअन्तर्गत राष्ट्रिय समन्वय समितिका रूपमा आबद्ध विभिन्न देशका संस्थाहरूबाट प्राप्त सहयोगमध्ये स्याङ्जा समाज जापानबाट चार लाख २९ हजार ८९९ रुपैयाँ प्राप्त भयो। […]

बाढीपीडितको उद्धारदेखि स्वास्थ्य सेवासम्म एनआरएनएको राहत अभियान दशौँ दिनमा पनि निरन्तर

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको राहत अभियान दशौँ दिनमा पनि निरन्तर जारी रहेको छ। अभियानअन्तर्गत नुवाकोटको तुप्चेमा बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। एनआरएनएको आयोजना तथा मेट्रो अस्पतालको सहकार्यमा सञ्चालित शिविरमा करिब ९० जना […]

बेलायतबाट एसियन महिला एसोसिएसनद्वारा नेपालका बाढीपीडितका लागि २ लाख रुपैयाँभन्दा बढी सहयोग

लन्डन । बेलायतबाट एसियन महिला एसोसिएसन (आमा) ले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ९९९ रूपैयाँ आर्थिक सहयोग गरेको छ। अगस्ट २६ मा नेपालमा गएको बाढी प्रभावितको लागि आमाले शनिबार उद्धार कोषमा रकम जम्मा गरेको हो। विपद् प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले आधिकारिक माध्यमबाट सहयोग गर्न आह्वान गर्दै आएको छ।  यस सहयोगले विपद्का […]

‘निरुता पुन मगरको एकल साँझ हुँदै

  सनिवार ५ सेप्टेम्वर २०२६ – बेलायत। आज चर्चित तथा लोकप्रिय लोक दोहोरी गायिका निरुता चोचाङ्गी पुन मगरको ‘निरुता एकल साँझ’ हुने भएको छ । ‘निरुता एकल साँझ’ बेलायतको अल्डरसटस्थित सेन्ट जोसेफ हलमा हुन् भएको छ भने दिनको ठिक ३ बजेदेखि शुरु हुने र साँझ ८ बजे बन्द हुनेछ। नेपाली संगीतप्रेमीहरूका लागि लक्षित गरी तयार […]

‘लोकबहादुर गुरुङ स्मृति सम्मान’ गायक धनबहादुर गुरुङलाई

गण्डकी । पोखरास्थित लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानद्वारा गायक तथा सङ्गीतकार धनबहादुर गुरुङ सम्मानित हुनुभएको छ । शुक्रबार आयोजित संस्कृतिकर्मी लोकबहादुर गुरुङको १२औँ स्मृति दिवसका अवसरमा गायक गुरुङलाई नगद ५१ हजार रुपैयाँसहित सम्मान गरिएको हो । गुरुङ समुदायको भाषा, संस्कृति, कला र सङ्गीतको संरक्षण तथा प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदरस्वरूप उहाँलाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । […]

error: Content is protected !!