बाढीपहिरो प्रभावितलाई राहत बाँड्न एनआरएनए यूकेको टोली नेपाल जाँदै

लन्डन । हालै नेपालमा गएको विनाशकारी हिमबाढी र पहिरोका पीडितलाई राहत वितरण तथा प्रभावित क्षेत्रको अवलोकन गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको टोली नेपाल आउने भएको छ । टोलीले प्रभावित क्षेत्रमै पुगेर पीडित परिवारसँग प्रत्यक्ष भेटघाट गर्ने र उनीहरूको वास्तविक अवस्था बुझेर मानवीय सहयोग गर्नेछ । एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरको पहलमा यस विषयमा […]

मुक्तक प्रतिष्ठान यूकेको अध्यक्षमा प्रतिमा केसी ‘प्रवासी’

ईलिङ, लन्डन । नेपाल मुक्तक प्रतिष्ठान यूकेको अध्यक्षमा प्रतिमा केसी ‘प्रवासी’ सर्वसम्मत चयन भएकी छन्। ६ सेप्टेम्बर २०२६ मा लन्डनको ईलिङस्थित मोन्टीज रेस्टुरेन्टमा सम्पन्न प्रतिष्ठानको चौथो अधिवेशन तथा एघारौँ वार्षिक साधारणसभाले केसीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। केसी यसअघि उपाध्यक्ष थिइन्। नयाँ कार्यसमितिको उपाध्यक्षमा राज श्रेष्ठ, सचिवमा गङ्गा भण्डारी, सहसचिवमा अहिल्या कुँवर, […]

बाढीपहिरो पीडितको सम्झनामा इम्पेरियल इन्जिनियरिङ कलेजमा श्रद्धाञ्जली कार्यक्रम

भक्तपुर । भोटेकोशीलगायत बाढी पहिरोमा परी ज्यान गुमाएका तथा प्रभावित नागरिकहरूको सम्झनामा इम्पेरियल कलेज अफ इन्जिनियरिङ ताथली भक्तपुरले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ । सोमबार आधा दिन कलेज बिदा दिँदै इम्पेरियलले श्रद्धाञ्जली सभा आयोजना गरेको हो । कार्यक्रममा कलेजका सीईओ ई.डा.खेमराज जोशीसहित कलेज व्यवस्थापनका शिक्षक र कर्मचारीलगायतको सहभागिता रहेको थियो । १० भदौमा आएको विनाशकारी […]

स्विन्डनमा बाढीपीडितका लागि सहयोग अभियान, १९ सेप्टेम्बरमा दीप प्रज्वलन

जयराम तामाङ स्विन्डन, बेलायत । नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको ठूलो क्षतिप्रति प्रवासमा रहेका नेपालीहरूले दुःख व्यक्त गर्दै पीडित परिवारका लागि सहयोग अभियान सुरु गरेका छन्। नेपाली समाज विल्टसायर र फेथ हिमालयन चर्चको सहकार्यमा बाढीपहिरो प्रभावित नेपालीका लागि राहत तथा सहयोग जुटाउने अभियान सञ्चालन गरिएको हो। नेपालमा विपत्ति पर्दा संसारको जुनसुकै कुनामा रहे […]

मनोक्रान्ति टीम यूकेले बाढीपीडितका लागि नेपाल पठायो ५ लाख १ हजार ४ सय [दाताको नामावलीसहित]

लन्डन । मनोक्रान्ति टीम यूकेले ७२ घण्टामै ५ लाख १ हजार ४ सय रुपैयाँ उठाएर नेपालका बाढी प्रभावितका लागि पठाएको छ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सहयोग संकलन गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा पठाएको मनोक्रान्ति टीम यूकेका लिडर नगेन्द्रराज नेम्बाङले जानकारी दिएका छन् । उनका अनुसार सहयोग संकलन अभियान […]

नेपालमा बाढी : बेलायतबाट कसले कति गरे सहयोग र घोषणा ? [UPDATE]

लन्डन । नेपालको उत्तरी जिल्ला रसुवाको भोटेकोशी नदीमा २६ अगस्ट २०२६ मा आएको विनाशकारी बाढीबाट प्रभावित नेपालीका लागि बेलायतस्थित नेपाली संघसंस्था, व्यवसायी तथा व्यक्तिहरूले राहत सहयोगलाई तीव्रता दिएका छन् । कतिपयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिसकेका छन् भने कतिपयले सहयोग घोषणा गरेर संकलन अभियान सञ्चालन गरिरहेका छन् । उपलब्ध विवरणअनुसार बेलायतबाट हालसम्म […]

रसुवा बाढीलाई ‘ताम्सालिङ डिजास्टर’ नामकरण गर्न पूर्वमन्त्री हितबहादुर तामाङको प्रस्ताव

काठमाडौँ। पूर्वमन्त्री हितबहादुर तामाङले रसुवा बाढीको नाम ताम्सालिङ डिजास्टर राख्न सकिने बताएका छन् । तामाङ नागरिक समाजले आइतबार काठमाडौँको बौद्धमा राखेको रसुवा बाढीसम्बन्धी छलफलमा पूर्वमन्त्री तामाङले यस्तो बताएका हुन् । ताम्सालिङ क्षेत्रमा भएको ठुलो विपद् भएकोले यसलाई ताम्सालिङ बाढी पनि भन्न सकिने उनले बताए । ‘यसलाई के भन्ने ? यो ताम्सालिङ बाढी भन्दा पनि हुन्छ […]

विश्व नेपाली साहित्य महासंघ पश्चिम शाखा युकेको अध्यक्षमा गोमा राना मगर निर्विरोध निर्वाचित

शनिवार ५ सेप्टेम्बर २०२६ – बेलायत। विश्व नेपाली साहित्य महासंघ (विनेसाम) पश्चिमा शाखा युकेको दोस्रो अधिवेशन बेलायतको स्विनडनस्थित रनर रेस्टुरेन्टमा सम्पन्न भएको छ। उक्त अधिवेशनबाट विनेसाम पश्चिमा शाखाको अध्यक्षमा गोमा राना मगर निर्विरोध निर्वाचित भएकी छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा शान्ति लिम्बू, उपाध्यक्षमा जित बुढाथोकी छन्त्याल, सचिवमा गङ्गा भण्डारी, कोषाध्यक्षमा राजेन्द्र राई र सदस्यहरूमा हेम राई, […]

विश्व नेपाली साहित्य महासंघ यूके पश्चिम शाखाको अध्यक्षमा गोमा राना

स्विन्डन । विश्व नेपाली साहित्य महासंघ यूके पश्चिम शाखाको अध्यक्षमा गोमा राना चयन भएकी छन्। स्विन्डनस्थित द टनर रेस्टुरेन्टमा ५ सेप्टेम्बर २०२६ मा सम्पन्न शाखाको दोस्रो अधिवेशनले रानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। राना यसअघि शाखाको वरिष्ठ उपाध्यक्ष थिइन्। नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शान्ति लिम्बु, उपाध्यक्षमा जीत बुढाथोकी, सचिवमा गंगा भण्डारी र कोषाध्यक्षमा राजेन्द्र […]

ग्रेटर रशमोर नेपाली कम्युनिटी युकेको पहलमा नेपालको बाढीपीडितका लागि सहकार्य र राहत संकलन

ओम थापा काउचा मगर – बेलायत। बेलायतको नेपाली समुदायको बाक्लो बसोवास रहेको रशमोर क्षेत्रको छाता संस्था ग्रेटर रशमोर नेपाली कम्युनिटी (जिआरएनसी) युकेको पहलमा नेपालको बाढीपीडितका लागि सहकार्य गर्दै राहत संकलन गरिएको छ। नेपालका भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट भएको अपूरणीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै जिआरएनसीले बेपत्ताहरूको तत्काल खोजी, जोखिममा रहेकाहरूको उद्धार […]

बेलायतमा १९ सेप्टेम्बरमा नवौँ मगर गट ट्यालेन्ट, दर्ता खुला

लन्डन । बेलायतमा नेपाली तथा मगर समुदायका प्रतिभा उजागर गर्ने उद्देश्यले नवौँ संस्करणको ‘मगर गट ट्यालेन्ट–२०२६’ आयोजना हुने भएको छ। मगर युथ एसोसिएसन यूकेको आयोजनामा यही १९ सेप्टेम्बर शनिबार स्प्रिङवेस्ट एकेडेमी, ब्राउल्स लेनमा मगर गट ट्यालेन्ट हुने आयोजकले जनाएको छ। कार्यक्रममा गायन, नृत्यलगायत विभिन्न विधाका प्रतिभाहरूले आफ्नो कला तथा क्षमता प्रस्तुत गर्ने अवसर पाउनेछन्। कार्यक्रममार्फत […]

error: Content is protected !!