विश्व आदिवासी दिवसको तयारीमा जुट्यो नेपाल तामाङ घेदुङ

युनिकरक्षे ग्लान तामाङ काठमाडौं । ३२औँ विश्व आदिवासी दिवसको अवसरलाई भव्य, सभ्य र प्रभावकारी रूपमा सम्पन्न गर्ने उद्देश्यका साथ नेपाल तामाङ घेदुङले तयारी तथा समन्वय बैठक सम्पन्न गरेको छ। काठमाडौंको बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको संघीय कार्यालय सभाहलमा बुधबार आयोजित बैठक चाडपर्व समन्वय प्रमुख तथा संघीय सचिव उषा वाईबाको अध्यक्षतामा सम्पन्न भएको हो। बैठकमा नेपाल […]
बेलायतका दुई दर्जनभन्दा बढी सहरमा चलचित्र ‘गौथली’ एकसाथ प्रदर्शन हुँदै, कुन कुन ठाउँ ?

पूर्ण गुरुङ लण्डन । नेपाली चलचित्र ‘गौथली’ बेलायतका दुई दर्जनभन्दा बढी सहरमा एकैसाथ प्रदर्शन हुने भएको छ। यही अगस्ट ७ र ८ मा Cineworld, Vue, Savoy लगायत विभिन्न सिनेमा हलहरूमा प्रदर्शन गरिनेछ। नेपालमा श्रावण १ गतेदेखि प्रदर्शन भइरहेको ‘गौथली’ अब बेलायतका नेपाली दर्शकमाझ पनि पुग्न लागेको हो। सिनेवर्ल्डअन्तर्गत अल्डरसट, बर्मिङ्घम, इल्फोर्ड, साउथ रुइसलिप, बेक्सलेहिथ, स्विन्डन, […]
म्हेन्दोमाया समाज यूकेको अध्यक्षमा बम ब्लेन्देन चयन

लन्डन । म्हेन्दोमाया समाज यूकेको अध्यक्षमा बम ब्लेन्देन चयन भएका छन् । अल्डरशटस्थित ओम रेस्टुरेन्टमा शनिबार १ अगस्टमा भएको वार्षिक साधारणसभाबाट ब्लेन्देनको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । प्रथम उपाध्यक्षमा पूर्ण पाख्रिन, द्वितीय उपाध्यक्षमा थामु वाइबा, महासचिवमा कृष्ण पाख्रिन, सचिवमा शेर पाख्रिन तथा कोषाध्यक्षमा दलबहादुर ब्लेन्थेन निर्वाचित भएका छन्। सदस्यहरूमा प्रेममाया तामाङ, ईश्वरीदेवी […]
बालआश्रमको सहयोगार्थ भदौ १२ मा ‘दुर्गा गुरुङ साङ्गीतिक साँझ-२०८३’ हुने

काठमाडौं । बालआश्रमको सहयोगार्थ आगामी भदौ १२ मा ‘दुर्गा गुरुङ साङ्गीतिक साँझ-२०८३’ हुने भएको छ । रोधीं डिजिटलको आयोजनामा लोकप्रिय गायिका दुर्गा गुरुङको साङ्गीतिक साँझ हुन लागेको हो । कार्यक्रम काठमाडौंको मित्रनगरमा दिउँसो २ बजेदेखि हुने छ । तनहुँको भानु नगरपालिका-७मा स्थानीयद्वारा सञ्चालित चण्डिका बालआश्रमको सहयोगार्थ सांगीतिक साँझ गर्न लागेको गायिका दुर्गा गुरुङले एभरेष्ट टाइम्स […]
मेरो शैक्षिक यात्रा

मेरो बाल्यकाल लमजुङ जिल्लाको तत्कालीन पाचोक गाउँ विकास समिति-५, फोर्जुङ (हाल दोर्दी गाउँपालिका-५, पाचोक, फोर्जुङ)को प्राकृतिक सौन्दर्यले भरिपूर्ण, शान्त र आत्मीय वातावरणमा बित्यो । बाल्यकालदेखि नै पढाइप्रति मेरो विशेष रुचि थियो । विद्यालयबाट फर्किएपछि पुस्तकहरू मेरा असल साथी बन्थे । फुर्सदको समयमा फुटबल खेल्नु, लेखहरू लेख्नु तथा विभिन्न सामाजिक, सांस्कृतिक र शैक्षिक कार्यक्रमहरूमा उद्घोषण (एङ्करिङ) […]
तमु धीं यूकेकी गुडविल एम्बास्डर एरिका गुरुङ ‘हाम्रो खेलकुद’ वर्ष खेलाडी घोषित

लन्डन । तमु धीं यूकेकी गुडविल एम्बास्डर एवं कराते खेलाडी एरिका गुरुङ वर्षका उत्कृष्ट खेलाडी घोषित भएकी छन् । हाम्रो खेलकुद डटकमको ११औँ वार्षिकोत्सवका अवसरमा मंगलबार एरिका महिलातर्फ वर्ष खेलाडी घोषित भएकी हुन् । एरिकालाई राखेपका सदस्य सचिव रामचरित्र मेहता, नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले सम्मान प्रदान गरे । उनले अवार्डसहित २५ […]
चलचित्र ‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा को छ ?

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा को हुनेछ भन्ने कौतुहलता निर्माण टिमले मेटाएको छ । यो चलचित्रमा हरिवंशको भूमिकामा कलाकार अरुण क्षेत्री अनुबन्ध भएका छन् । मदनकृष्णको कलाकारिताको पार्टनर रियल लाइफमा हरिवंश थिए भने अब पर्दामा उनको पार्टनरको भूमिकामा अरुण देखिनेछन् । अरुण अहिले बक्सअफिसमा ब्लकबस्टर […]
हिमपहिरोमा मृत्यु भएका निर्मल पुर्जाको सम्झनामा शोकसभा सम्पन्न

लन्डन – प्रेम गाहा मगर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (‘निम्स दाइ’) तथा ब्रोड पिक हिमपहिरो दुर्घटनामा ज्यान गुमाएका अन्य हिमाल आरोहीहरूको स्मृतिमा मंगलबार, ४ अगस्ट २०२६ का दिन बेलायतको अल्डरसटस्थित प्रिन्सेस गार्डेन (प्रथम नेपाली भिक्टोरिया क्रस विजेता कुलबिर थापा मगरको सालिक परिसर) मा भव्य शोकसभा सम्पन्न गरेको छ। […]
भव्य बन्यो गोरखाली समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम [तस्बिरहरु]

लन्डन । गोरखाली समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । अल्डरसटस्थित एम्पायर हलमा अगस्ट २ मा सांस्कृतिक कार्यक्रमसहित समाजको कार्यक्रम सम्पन्न भएको हो । समाजकी अध्यक्ष टकमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा चर्चित कलाकारहरु मञ्जु बिक, रेजिना परियार, रेस्मा तामाङलगायतले बेजोड प्रस्तुति दिए । यस्तै डिएमटी ब्यान्डका एमबी दिनेश गुरुङ र बाँसुरी […]
बेलायत पठाइदिने भन्दै ७ लाख ठगी गर्ने पक्राउ, को हुन् ?

काठमाडौं । वैदेशिक रोजगारीका नाममा आकर्षक आम्दानीको प्रलोभन देखाई लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई काठमाडौं शंखमुलबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३१ शंखमूल बस्दै आएका २६ वर्षीय रिगबान शेष रहेका छन्। उनले एक जनालाई बेलायत (यूके) पठाइदिने भन्दै ७ लाख रुपैयाँ ठगी गरेको आरोप […]
एनआरएनए महिला विभागको विगत, वर्तमान र भविष्यबारे अन्तरक्रिया सम्पन्न

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् महिला विभागद्वारा आयोजित एनआरएनए वेविनार–ङ अन्तर्गत ‘महिला विभाग : विगत, वर्तमान र भविष्य’ विषयमा अन्तरक्रिया तथा आईसीसी र एनसीसीका महिला पदाधिकारीहरूबीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। महिला विभाग प्रमुख तथा उपाध्यक्ष राधिका गुरुङ (टीका)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमहिला उपाध्यक्ष तथा पूर्व अध्यक्ष रबिना थापा, पूर्वमहिला उपाध्यक्ष सपिला […]
वरिष्ठ लोकगायक प्रेमराजा महत आइपुगे बेलायत, हिथ्रो एयरपोर्टमा स्वागत

लन्डन । वरिष्ठ लोकगायक प्रेमराजा महत बेलायत आइपुगेका छन् । तनहुँ समाज यूकेको यही अगस्ट ८ मा हुने १८औँ वार्षिक भेटघाट तथा बीबीक्यू कार्यक्रमका लागि मंगलबार ४ अगस्टमा लोकगायक महत लन्डनस्थित हिथ्रो एयरपोर्ट ओर्लिएका हुन् । लोकगायक महतको स्वागतका लागि तनहुँ समाज यूकेका वरिष्ठ सल्लाहकार मेजर कुलबहादुर थापा, महासचिव महेन्द्र आले, कोषाध्यक्ष लेख राना, कृष्ण […]