सरकारमा सहभागी नहुने राप्रपा बागमती प्रदेश संसदीय दलको निर्णय, अब के हुन्छ ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले सरकारमा सहभागी नहुने निर्णय गरेको छ । नेता उद्धव थापाको अध्यक्षतामा बिहीबार बसेको संसदीय दलको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा प्रदेश सरकारको सत्ता समीकरणको गणितीय चलखेलमा सामेल नहुने र सरकार गठनको दौडमा नरहने निर्णय गरेको हो । राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय र निर्देशनअनुरूप बागमती […]
फोनिज गण्डकीमा स्थापित ‘कञ्चन पत्रकारिता पुरस्कार’बाट खेम सारु मगर र गोपाल जिटी सम्मानित

गण्डकी । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज), गण्डकीमा स्थापित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ बाट कास्कीका पत्रकार खेम सारुमगर र स्याङ्जाका गोपाल जिटी सम्मानित हुनुभएको छ । बिहीबार पोखरामा आयोजित पुरस्कार वितरण समारोहमा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ र पुरस्कार कोषका दाता विमलमान गुभाजुले जनही २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे । सारुमगर सार्वजनिक सेवा […]
बहुप्रतीक्षित गुरुङ चलचित्र “मार्कली” को विशेष (भिआइपी) प्रदर्शन हुने

तमु समाज यूकेको आयोजनामा गुरुङ भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बहुप्रतीक्षित गुरुङ चलचित्र “मार्कली” को विशेष (भिआइपी) प्रदर्शन हुने तमु समाज युकेका संथापक अध्यक्ष तथा संरक्षक चित्र बहादुर गुरुङले जानकारी दिनुभएको छ। यस चलचित्रले गुरुङ समुदायको मौलिक जीवनशैली, पारिवारिक सम्बन्ध र सामाजिक मूल्य-मान्यतालाई भावपूर्ण रूपमा प्रस्तुत गरिएको यस चलचित्रले समुदायको पहिचानलाई […]
शोकमा रहेका परिवारजनको संवेदनशील अवस्थाको सम्मान गरिदिन बेलायतवासी पुर्जाको आग्रह

लन्डन । पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका निर्मल पुर्जा ‘निम्सदाइ’ का दाजु कमलबहादुर पुर्जाले अकल्पनीय शोकमा रहेका बालबालिका तथा निकट परिवारजनको गोपनीयता र संवेदनशील अवस्थाको सम्मान गरिदिन अनुरोध गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत पुर्जाले विशेषगरी अकल्पनीय शोकमा रहेका बालबालिका तथा निकट परिवारजनको गोपनीयता र संवेदनशील अवस्थाको सम्मान गरिदिन सबैसँग आग्रह गरेका हुन्। […]
बेलायतमा तामाङ फेस्टिभलमा प्रस्तुति दिएर फर्किए गायक राजुु लामा

लन्डन। तामाङ समाज यूकेको आयोजनामा पहिलो पटक सम्पन्न भएको तामाङ फेस्टिभल लन्डन २०२६ मा प्रस्तुति दिएर गायक राजुु लामा नेपाल फर्किएका छन् । गायक लामा बिहीबार ६ अगस्टमा लन्डनस्थित हिथ्रो एयरपोर्ट हुँदै स्वदेश प्रस्थान गरेका हुन् । उनको बिदाइमा तामाङ समाजका पदाधिकारी, कलाकार, शुभचिन्तक एयरपोर्ट पुगेका थिए । अगस्ट १ मा भएको तामाङ फेस्टिभलका लागि गायक लामा […]
‘ब्रोड पिक’बाट काठमाडौँ पुर्याइयो पुरबहादुर गुरुङ ‘युक्त’को शव

लन्डन । पाकिस्तानको ‘ब्रोड पिक’ मा गएको हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ ‘युक्त’ को शव बिहीबार काठमाडौँ पुर्याइएको छ । कतार एयरवेजको विमानमार्फत युक्तको बिहीबार शव काठमाडौँ पुर्याइएको हो। गुरुङको शव काठमाडौँ ल्याएसँगै उनलाई श्रद्धाञ्जली दिन आफन्तजन, शुभेच्छुकलगायत त्रिभुवन विमानस्थल पुगेका थिए भने शव यात्रासहित गुरुङको पार्थिव शरिरलाई नक्सालस्थित नेपाल पर्वतारोहण संघको […]
बेलायतमा बर्न्ट ओक नेप्लिज कम्युनिटीले ज्येष्ठ नागरिकलाई सम्पदा भ्रमण गराउँदै

लन्डन। बर्न्ट ओक नेप्लिज कम्युनिटीले ज्येष्ठ नागरिकहरूको सामाजिक सहभागिता, ऐतिहासिक ज्ञान अभिवृद्धि र अन्तरसमुदायिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले ‘सिनियर सिटिजन्स हेरिटेज भिजिट’ कार्यक्रम आयोजना गर्ने भएको छ। यही १२ अगस्ट २०२६ (बुधबार) लन्डनस्थित इम्पेरियल वार म्युजियममा हुने भ्रमणमा ५५ वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकहरूले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ । भ्रमणका सहभागीहरूका लागि […]
नेपालका सरकारी कर्मचारीको बढेको तलब साउनदेखि लागू, कुन तहकाले कति पाउँछन् ? [हेरौं सूची]

काठमाडौँ । नेपालका सरकारी कर्मचारीको बढेको तलब साउनदेखि लागू भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रसेवक कर्मचारीहरुको नयाँ तलबमान स्वीकृत गरेर पठाइसकेको जनाएको छ । अर्थ मन्त्रालयले साउन ६ गते पठाएको नयाँ तलबमान क्याबिनेटले १५ दिनपछि स्वीकृत गरेर पठाएको हो । नयाँ तलबमान अनुसार अब सबैभन्दा बढी मुख्यसचिवले ९० हजार ५९४ रुपैयाँ तलब पाउनेछन् […]
बेलायतमा भोलि गायक दुर्गा गुरुङको एकल साँझ, सहभागी हुन आयोजकको आग्रह

लन्डन । बालगृहको सहयोगार्थ बेलायतमा भोलि ७ अगस्टमा चुड्का/कौडा किङ दुर्गा गुरुङको एकल साँझ हुँदैछ । चण्डिका लाल अमर बालगृहको सहयोगार्थ ‘दुर्गा गुरुङ एकल साँझ २०२६’ हुन लागेको हो । कार्यक्रम ह्यारोस्थित गोल्डेनसीप रेस्टुरेन्टमा बेलुकी ७ बजेदेखि हुने कार्यक्रम संयोजक गुड्डु गुरुङ (पार्वती)ले जानकारी दिएकी छन् । कार्यक्रमबारे थप जानकारी आवश्यक परे रेस्टुरेन्ट सन्चालक देव […]
अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन विदेशबाट फर्कने नेपालीलाई आग्रह

काठमाडौँ । नेपाल सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परी सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ । नेपाल प्रहरी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष अनुरोध जारी गर्दै विगत केही दिन यता दुबइ, कतारलगायत मुलुकमा काम गरी स्वदेश फर्कने केही नेपालीलाई अपरिचित व्यक्ति, […]
पाँचथर समाज सेवा यूकेको वार्षिक भेटघाट २३ अगस्टमा, राजेन्द्र केरुङ र दिपा सुहाङको सांगीतिक प्रस्तुति रहने

लन्डन । बेलायतमा रहेका पाँचथरवासीको संस्था पाँचथर समाज सेवा यूकेले यस वर्ष पनि वार्षिक भेटघाट तथा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम यही २३ अगस्ट २०२६ (आइतबार)मा बेलायतको फार्नबरो फुटबल क्लबमा आयोजना हुने अध्यक्ष नगेन्द्रराज नेम्वाङले जानकारी दिएका छन् । उनका अनुसार कार्यक्रम बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा चर्चित गायक […]
निर्मल पुर्जासहित चार आरोहीको शव आधार शिविरमा

लन्डन । खोज टोलीले प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा र उनको टोलीका तीन सदस्यको शव हिमपहिरोमा परेर मृत्यु भएको हिमालको आधार शिविरमा पुर्याएको पाकिस्तानको अल्पाइन क्लबले बुधबार जनाएको छ । जुलाई ३०मा हिमपहिरो गएको थियो, जसले गर्दा विश्वको अग्लो हिमालमध्ये एक ब्रोड पिकमा ४३ वर्षीय नेपाली पर्वतारोही पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तरराष्ट्रिय अभियानसँग सम्पर्क विच्छेद […]