नयाँ ट्र्याक खोलेपछि कृष्णभिरको सडकमा चल्यो गाडी

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा बिहीबार विहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो । सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभिरको सडकमा नयाँ ट्र्याक खोलेर बिहानबाट दुईतर्फी सडक सञ्चालन गरिएको हो । त्रिशूलीले सडकको तल्लो भाग बगाएपछि सडक पूरै भासिएको थियो […]

एनआरएनए यूकेले पठायो बाढीपीडितका लागि आईसीसीको कोषमा ५३ लाख ४३ हजार

लन्डन । नेपालमा भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी) यूकेले आईसीसीको कोषमा ५३ लाख ४३ हजारभन्दा बढी रकम पठाएको छ । राजेन्द्र पुडासैनी नेतृत्वको एनआरएनए यूकेले १ करोड राहत रकम घोषणा गरेकोमा बुधबार पहिलो चरणमा ५३ लाख ४३ हजार २४४.२५ रकम पठाएको हो । यूकेबाट पठाएको रकमसहित एनआरएनए […]

नेपाल बाढीः ६ हजार १५० अझै बेपत्ता, १ हजार ४०३ जनाको शव फेला

काठमाडौँ । नेपालमा गत २६ अगस्टमा गएको भोटेकोशी बाढीमा परी निधन भएकामध्ये हालसम्म एक हजार ४०३ जनाको शव फेला परेको छ । बाढीपश्चात् छ हजार १५० जना अझै सम्पर्कविहीन रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार साँझ सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, […]

सहारा यूकेको च्यारिटी डिनर नाइट नोभेम्बर २१ मा हुने

लन्डन । सहारा यूकेको आयोजनामा च्यारिटी डिनर नाइट कार्यक्रम आगामी २१ नोभेम्बर २०२६ मा हुने भएको छ। कार्यक्रम दिउँसो २ बजे (१४:०० बजे) अल्डरसटस्थित एम्पायर हलमा हुने आयोजकले जनाएको छ। आयोजकका अनुसार सांस्कृतिक कार्यक्रम, सम्मानलगायत पनि हुनेछन् । बेलायतमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गर्न लागिएको कार्यक्रममा सहारा यूकेका पूर्वअध्यक्ष, सल्लाहकार, शुभचिन्तक, कार्यसमिति पदाधिकारी […]

नेपाल बाढी : सुरुङबाट एकैदिन १० जनाको शव फेला

काठमाडौं । रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी गर्ने क्रममा बुधबार एकै दिन १० जनाको शव फेला परेको छ । २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलबाट पाँच जनाको शव फेला परेको हो । नेपाली सेना तथा आयोजनाबाट खटिएको संयुक्त उद्धार टोलीले सुरुङभित्र खोजी गर्ने क्रममा ती शव फेला पारेको सहायक प्रमुख जिल्ला अधिकारी […]

बेलायतबाट मातृभूमिका बाढीपीडितलाई सुजन कटुवालको १ करोड ५ लाख सहयोग

लन्डन । बेलायतमा रहेका नेपाली व्यवसायी सुजन कटुवाल एमबीईले नेपालका बाढीपीडितका लागि १ करोड ५ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन् । बाढीपछि राहतका लागि सञ्चालन गरिएको सहयोग अभियानअन्तर्गत ‘गो फन्ड मी’मार्फत तथा अन्य माध्यमबाट संकलित १ करोड ५ लाख ८६ हजार ४११ रुपैयाँ कटुवालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । कटुवाल बेलायतस्थित […]

यस्तो छ, इङ्ग्ल्यान्डको ‘बिबरी र ट्राउट फार्म’ [तस्बिरहरु]

लन्डन । कोट्सवोल्ड्स क्षेत्रको सुन्दर बिबरी गाउँमा अवस्थित छ बिबरी ट्राउट फार्म (Bibury Trout Farm) । ट्राउट फार्म सन् १९०२ मा स्थापना भएको हो । यो इङ्ग्ल्यान्डकै सबैभन्दा पुरानो सञ्चालनमा रहेको ट्राउट फार्म मानिन्छ। नेपालको गण्डकी ट्राउट फार्ममा जस्तो आफूले रोजेको माछाको परिकार बनाएर दिने रेस्टुरेन्टको व्यवस्था यहाँ देखिएन। तर पोखरीमा रहेका विभिन्न आकारका ट्राउट […]

बेलायतवासी राजशान्ति दम्पतीले फाउन्डेसनमार्फत बाँडे बाढी प्रभावितलाई राहत

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित धादिङको गल्छी गाउँपालिका–६ का ५६ परिवारलाई राजशान्ति फाउन्डेसनले राहत सामग्री उपलब्ध गराएको छ। बाढीका कारण घर तथा सम्पत्ति गुमाएका परिवारलाई लक्षित गरी फाउन्डेसनले खाद्यान्न, स्वास्थ्य तथा महिला स्वास्थ्य सामग्रीसहितको राहत प्याकेज उपलब्ध गराएको हो। प्रत्येक परिवारका लागि एक कार्टुन चाउचाउ, ५ किलो चिउरा, एक प्याकेट चकलेट, एक दर्जन बिस्कुट, १० […]

लन्डनस्थित गोल्डेन सीप रेस्टुरेन्टद्वारा बाढीपीडितका लागि ५ लाख ७० हजार सहयोग

लन्डन । नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारहरूको सहयोगार्थ बेलायतको लन्डनस्थित गोल्डेन सीप रेस्टुरेन्टले ५ लाख ७० हजार रुपैयाँ सहयोग गरेको छ । च्यारिटीबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा रेस्टुरेन्टका प्रोपाइटर देव गुरुङले जानकारी दिएका छन् । साउथ ह्यारो टेडर्स एसोसिएसन र गोल्डेनसीप रेस्टुरेन्टको सहकार्यमा गत शुक्रबार साँझ सम्पन्न च्यारिटी डिनरमा […]

प्रवासमा रहेका नेपालीहरूबाट ‘सुशासनका लागि संविधान संशोधन’ विषयक सुझाव संकलन गरिँदै

म्याग्दी/लन्डन – गण्डकी प्रदेश, पोखरा, कास्कीस्थित मुख्य न्यायाधिवक्ताको कार्यालयले गैरआवासीय नेपाली संघ (NRNA) यूकेका पूर्वअध्यक्ष योगकुमार फगामी मगरलाई ‘सुशासनका लागि संविधान संशोधन’ अन्तरसंवाद कार्यक्रममा विशिष्ट अतिथिका रूपमा आमन्त्रण गरेको छ। उक्त अन्तरसंवाद कार्यक्रम आगामी असोज ६ गते, २०८३ बिहान ११:०० बजे जिल्ला समन्वय समिति सभाहल, म्याग्दीमा सञ्चालन हुने भएको छ। कार्यक्रममा विभिन्न महत्त्वपूर्ण विषयहरूमा छलफल […]

बेलायतमा ‘नेपाल आदिवासी चलचित्र महोत्सव २०२६’ आयोजना हुने

बेलायत – बेलायतमा “हाम्रो कथा, हाम्रो उत्सव” भन्ने मूल नाराका साथ नेपाल आदिवासी चलचित्र महोत्सव २०२६ आयोजना हुने भएको छ। नेपाल आदिवासी चलचित्र महासंघ यूकेका अध्यक्ष तथा महोत्सवका अध्यक्ष मेजर योगेश कोय राईले बेलायतमा रहेका सम्पूर्ण आदिवासी समुदायका संघसंस्थाहरू र नेपाली समुदायलाई यस महोत्सवमा सहभागिताका लागि हार्दिक आह्वान गर्नुभएको छ। महोत्सव बेलायतको अल्डरसटस्थित एम्पायर वाङ्कुटिङ […]

पोखरामा ‘राइट टु प्रोटिन रन २०२६’ हुँदै, इङ्ल्याण्डसहित १० राष्ट्रका धावक सहभागी हुने

कास्की । पोखरामा आगामी असोज ३ गते ‘राइट टु प्रोटिन रन २०२६’ आयोजना हुने भएको छ । पोषण, प्रोटिन सचेतना, शारीरिक तन्दुरुस्ती तथा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल फिड इन्डस्ट्रिज एसोसिएसन (एनएफआईए)को आयोजनामा हुने उक्त दौडमा नेपालसहित विभिन्न १० राष्ट्रका चार हजार १०६ धावक सहभागी हुने आयोजकले आज पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको […]

error: Content is protected !!