अमेरिकाविरुद्ध नेपालको १२२ रनको फराकिलो जित

कीर्तिपुर । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ दशमलव दुई ओभरमा १९५ रन बनाउँदा अलआउट भयो । अमेरिकालाई अलआउट गर्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै […]

बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा, विभिन्न भेटघाटका कार्यक्रम

लन्डन । संयुक्त अधिराज्य बेलायतका मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा गएकी छन् । उनी द्विपक्षीय सम्बन्ध थप सुदृढीकरण र आपसी साझेदारीका विषय अभिवृद्धिलगायत विषयमा छलफल गर्न नेपाल आएको नेपालस्थित बेलायती दूतावासले जनाएको छ । उनले आजै ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बिबिआई) र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आइआइएन) संस्थाका पदाधिकारीसँग भेटघाट गर्नुभएको दूतावासले जनाएको छ । बिबिआईले […]

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको १७ औं अभिव्यक्ति शृङ्खलामा साहित्यकार डा.चिम्खोले काइँला

लन्डन । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले १७ औं अभिव्यक्ति शृङ्खलाका लागि साहित्यकार डा.दुत बहादुर पुन (चिम्खोले काइँला)लाई मञ्च प्रदान गर्ने भएको छ । विगत लामो समयदेखि बेलायतमा साहित्य, पत्रकारिता साथै सामाजिक कार्यमा क्रियाशील रहेका पुनलाई मञ्च प्रदान गर्ने निर्णय गरिएको हो । यसवर्षको अभिव्याक्ति शृङ्खला आगामी २७ जुन २०२६ मा अल्डरसटस्थित एम्पायर हलमा आयोजना गर्न […]

तीन वर्ष नाघ्दा पनि लाइसेन्स नपाएपछि कलाकार बम्जनको आक्रोश

लन्डन । गायक तथा संगीतकार फूलकुमार बम्जनले नवीकरणका लागि दिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) तीन वर्ष बित्दा पनि नपाएपछि आक्रोश पोखेका छन् । सन् २०२३ मार्च २३ मा नवीकरणका लागि दिए पनि अहिलेसम्म लाइसेन्स नपाएपछि बम्जनले शुक्रबा सामाजिक सञ्जालमा दस्तुर तिरेको रसिद पोस्ट्याउँदै आक्रोश पोखेका हुन् । उनले लाइसेन्स बेलैमा नदिने अनि नागरिकलाई दु:ख […]

नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा, नयाँ नेतृत्व चयन गरिने

काठमाडौं । नेपालको तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको साझा अधिकारमुखी संस्था नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन आज जेठ ८ (शुक्रबार ), ९ र १० गते काठमाडौंमा सुरु हुँदैछ । हाधिवेशनमार्फत नयाँ नेतृत्व चयनदेखि संगठनको भावी कार्यदिशासम्म तय गरिने संघले जनाएको छ ।   नेपाल मगर संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १३ औँ राष्ट्रिय […]

लण्डनस्थित नेपाली दूतावासमा जुन ८ तारिखका दिन उच्चस्तरीय बैठक बस्ने

लण्डन। बेलायतका लागि नेपाली नियोगका कार्यवाहक राजदूत विपिन दुवाडीले आगामी ८ जुन २०२६ का दिन लण्डनस्थित नेपाली दूतावासमा एक विशेष बैठकको आयोजना गर्नुभएको छ। ‘जी १०’ (G10) का सदस्यहरूलाई सम्बोधन गर्दै उक्त बैठकमा उपस्थितिका लागि औपचारिक निमन्त्रणा पठाइएको छ। नेपाली दूतावास (Kensington Palace Gardens, W8 4QU) मा दिउँसो २:०० बजेदेखि ३:३० बजेसम्म चल्ने उक्त बैठकमा […]

बेलायतको नमस्ते किचनमा २४ मेमा लाइभ दोहोरी साँझ हुँदै, गायिका मन्जु, निरुता र गायक कृष्ण सहभागी हुने

लन्डन । बेलायतमा यही २४ मेमा लाइभ दोहोरी साँझ हुने भएको छ । प्रख्यात गायिका मन्जु विक, निरुता पुन र गायक कृष्ण सुवेदीको सहभागितामा रेडिङस्थित नमस्ते किचन बार एन्ड रेस्टुरेन्टमा दोहोरी कार्यक्रम हुन लागेको हो । कार्यक्रम बेलुका ७ बजेदेखि सुरु हुने छ । कार्यक्रममा नि:शुल्क प्रवेश रहेको नारायण कार्कीले जनाएका छन् । उक्त अवसरमा […]

कर्णाली पर्यटन सम्मेलनमा सहभागी हुन आएका भारतीय प्रतिनिधिमण्डललाई जमुनाहामा भव्य स्वागत

काठमाडौं । कर्णाली प्रदेशमा पहिलो पटक आयोजना गरिएको “कर्णाली पर्यटन सम्मेलन २०२६” मा सहभागी हुन आएका ४८ सदस्यीय भारतीय प्रतिनिधिमण्डललाई नेपालगन्ज–जमुनाहा (रुपेडिया) नाकामा भव्य स्वागत गरिएको छ। नेपाल पर्यटन बोर्ड, वीरेन्द्रनगर नगरपालिका तथा होटल व्यवसायी महासंघ कर्णाली प्रदेशको तर्फबाट भारतीय प्रतिनिधिमण्डललाई नेपाली मौलिक संस्कृतिअनुसार खादा ओढाएर स्वागत गरिएको हो। स्वागत कार्यक्रममा नेपाल र भारतबीचको सांस्कृतिक […]

तेह्रथुमदेखि लन्डनसम्म : बिमला सेने लिम्बुको प्रेरणादायी यात्रा

बिमला सेने लिम्बुले करिब दुई वर्षदेखि नेपाल पत्रकार महासंघ बेलायत शाखाको नेतृत्व सम्हाल्दै आएकी छन् । सेने २०८१ असार ३० आइतबार बेलायतको फार्नबोरोस्थित गोर्खा वेल्फेयर सोसाइटीको भवनमा भएको पत्रकार महासंघ यूके शाखाको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् । उनी पहिलो महिला अध्यक्ष पनि हुन् । सेने नेपाल आदिवासी जनजाति महासंघ यूकेकी पूर्वमहासचिव समेत हुन् । […]

लोरा बेलसँग जम्काभेट

हरि गुरुङ – बेलायत। प्रसङ्ग हो २१ मे २०२४ को । बेलायती प्रधानमन्त्रीको सरकारी निवास ‘१० डाउनिङ स्ट्रिट’ (10 Downing Street) भ्रमण गर्ने एउटा ऐतिहासिक अवसर जुर्यो, जहाँ करिब १०० वटा कोठाहरू छन्। सन्दर्भ थियो— तत्कालीन बेलायती साम्राज्य र नेपालको श्री ५ को सरकारबीच भएको मैत्री सन्धिको शताब्दी वर्ष। सय वर्षपछि संयुक्त अधिराज्य बेलायत र […]

राज्यद्वारा वेपत्ता पारिएकालाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड

काठमाडौं। तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्यद्वारा वेपत्ता पारिएका योद्धाहरुलाई अविलम्ब सार्वजनिक गर्न पिडित परिवार तथा सरोकारवालाले जोडदिएका छन्। वेपत्ता योद्धा परिवारहरुले जेठ ७ गतेलाई वेपत्ता योद्धा स्मरण दिवसको रुपमा मनाउने गरेका छन्। वेपत्ता योद्धा परिवार समाजद्वारा आयोजित अन्तर्क्रिया कार्यक्रममा डा.रामवहादुर भण्डारीले ‘ वेपत्ता पारिएका नागरिकको सार्वजनिकरणको प्रश्न र संक्रमणकालिन न्याय’ विषयक कार्यपत्र पेश गरेका थिए। […]

नेपाल मगर संघ : एकताको खाँचो र संस्थागत सुधारको बाटो

नेपाल मगर संघ मगर समुदायको साझा संस्था हो। २०४८ सालमा स्थपना भएको यो संस्थाले मगर भाषा, धर्म, संस्कृति, रीतिरिवाज र पहिचान जगाउने काम गर्दै आएको छ। देश विदेशमा रहेका मगर दाजभाइ तथा दिदीबहिनीलाई एकतमा बाँध्ने उदश्यले स्थापना भएको यो संस्था आजसम्म मगर समुदायको भरसाको केन्द्र बनिरहको छ। तर पछिल्ला केही वर्षदेखि संघभित्र देखिएका विवाद र […]

error: Content is protected !!