बेलायतमा सम्पन्न तेस्रो एनआरएनए कप २०२६ को उपाधि केन्ट एफसीलाई

फेल्थाम, लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके युवा समितिको आयोजनामा तेस्रो एनआरएनए कप २०२६ तथा नेपाली फेस्टिभल शनिबार, १९ सेप्टेम्बर २०२६ का भव्य रूपमा सम्पन्न भएको छ। लन्डन फेल्थामस्थित स्प्रिङवेस्ट एकेडेमीमा भएको प्रतियोगितामा विभिन्न फुटबल टोली, समुदायका अगुवा, अतिथि, स्वयंसेवक, व्यवसायी, परिवार तथा यूकेभरिका नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक फुटबलसँगै नेपाली […]
नेपाली जनसम्पर्क समिति बेलायतको संयोजकमा शेरबहादुर सुनार,

काठमाडौं, असोज ३, २०८३। नेपाली कांग्रेस केन्द्रीय कार्यालयले नेपाली जनसम्पर्क समिति बेलायतको संयोजकको विशेष जिम्मेवारी श्री शेरबहादुर सुनारलाई प्रदान गरेको छ। केन्द्रीय कार्यालय, बी. पी. स्मृति भवन, ललितपुरबाट असोज ३, २०८३ मा जारी पत्रमार्फत सुनारलाई उक्त जिम्मेवारी दिइएको हो। नेपाली कांग्रेसको विधान, २०१७ (एघारौं संशोधन सहित) बमोजिम उनलाई यो जिम्मेवारी प्रदान गरिएको हो。 समितिमा आबद्ध […]
मगर बुद्ध समाज बेलायतद्वारा मेडस्टोन मा एकदिने ‘वापा–मापा प्रशिक्षण’ कार्यक्रम सम्पन्न

निर्मल थापा मगर – बेलायत। १९ सेप्टेम्बर २०२६ – मगर बुद्ध समाज बेलायतको आयोजनामा “हाम्रो संस्कार, हाम्रो पहिचान, हाम्रो गौरव, आफ्नो संस्कार आफैँ सिकौँ, गरौँ र पुस्तान्तरण गरौँ” भन्ने मूल नाराका साथ एकदिने मगर संस्कार विषयक वापा–मापा प्रशिक्षण कार्यक्रम केन्ट को मेडस्टोन शहरमा सफलतापूर्वक सम्पन्न भएको छ। मगर समुदायको मौलिक संस्कार, परम्परा, कर्मकाण्ड तथा धार्मिक […]
तमु धीं युकेद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड ३१ लाख ११ हजार १ सय ११ रुपैयाँ संकलन

बेलायत – तमु धीं युकेले भोटेकोशी बाढीपीडितका लागि नेपाली रुपैयाँ १ करोड ३१ लाख ११ हजार १ सय ११ संकलन गरेको एक पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। उक्त पत्रकार सम्मेलन आइतबार, २० सेप्टेम्बर २०२६ का दिन तमु धीं युकेको आफ्नै भवन, मिचेटमा सम्पन्न भएको थियो। कार्यक्रममा जानकारी गराइएअनुसार संकलित रकममध्ये १ करोड ११ लाख १ […]
तमु धीं नेपालले नै उठायो बाढीपीडितका लागि ७० लाखभन्दा बढी

पोखरा । भोटेकोशी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तमु धीं नेपालले सञ्चालन गरेको राहत संकलन अभियानमा ७० लाख रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा तमु धीं नेपाल केन्द्रीय समितिको अध्यक्ष हुम बहादुर गुरुङले अभियान अन्तर्गत तमु धीं नेपालको कार्यसमिति, विभिन्न समिति, तमु समाज, संघसंस्था, भाइखलक तथा […]
बेलायतमा २७ सेप्टेम्बरमा दोस्रो नेपाल आदिवासी फिल्म फेस्टिभल हुने, २० भन्दा बढी चलचित्र देखाइने

लन्डन । नेपालका आदिवासी समुदायको संस्कृति, भाषा, परम्परा, पहिचान र जीवनशैलीलाई चलचित्रमार्फत विश्वमाझ प्रस्तुत गर्ने उद्देश्यसहित दोस्रो नेपाल आदिवासी फिल्म फेस्टिभल–२०२६, यूके आयोजना हुने भएको छ। नेपाल इन्डिजिनस फिल्म फेस्टिभल (एनआईएफएफ) यूकेको आयोजनामा २७ सेप्टेम्बर २०२६ मा बेलायतको अल्डरसटस्थित एम्पायर हल मा फिल्म फेस्टिभल आयोजना हुन लागेको हो । फेस्टिभलअन्तर्गत बिहान १०:३० बजेदेखि दिउँसो २:३० […]
विश्व कीर्तिमानी आरोही हरि बुढामगरले पाए पहिलो ‘इन्भिक्टस रेजिलेन्स अवार्ड’, च्यारिटीमा १६ लाख पाउण्ड सङ्कलन

लन्डन — पूर्व गोर्खा सैनिक तथा विश्वकीर्तिमानी आरोही हरि बुढामगरलाई पहिलो ‘इन्भिक्टस रेजिलेन्स अवार्ड’ प्रदान गरिएको छ। बेलायती राजकुमार ह्यारीद्वारा स्थापित इन्भिक्टस गेम्स फाउन्डेसनले लन्डनमा आयोजना गरेको पहिलो ‘इन्भिक्टस स्पिरिट अवार्ड्स’ समारोहमा बुढामगरलाई उक्त सम्मान दिइएको हो। अवार्ड ग्रहण गर्दै बुढामगरले जीवनका चुनौती सामना गर्न सम्मानले थप प्रेरणा दिएको बताए। उनले आफूलाई आफ्नो भाग्यको निर्माता […]
तमु धीं यूकेले बाढीपीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रूपैयाँ सहयोग दिने

लन्डन । रसुवालगायत बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि बेलायतमा संकलित ठूलो सहयोग रकम लिएर तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोली आइतबार साँझ नेपाल जाँदैछ । तमु धीं यूकेले बाढीपीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रूपैयाँ सहयोग हस्तान्तरण गर्ने गरि टोली नेपाल जान लागेको हो । अध्यक्षसँगै उनकी श्रीमती तथा […]
नेपालमा भोटेकोशी बाढीः १ हजार ४३६ शव भेटिए, कुन जिल्लामा कति ?

काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आइतबार बिहान ११ बजेसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ गरी एक हजार ४३४ शव फेला परेका हुन् । फेला परेका शव पहिचानका […]
एनआरएनए स्पेनद्वारा बाढीपहिरो पीडितका लागि २० लाखभन्दा बढी सहयोग

बाढीमा परी मृत्यु भएकाको चिरशान्तिको कामनामा कीर्तन तथा विभिन्न सहरमा श्रद्धाञ्जली र दीप प्रज्वलन स्पेन । नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनले २० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग जुटाएको छ। एनआरएनए स्पेनको पहलमा सञ्चालन गरिएको राहत सहयोग अभियानबाट ११ हजार ५९६ युरो ७५ सेन्ट (करिब […]
तमू (गुरुङ) सञ्चारकर्मी संघको केन्द्रीय अध्यक्षमा चित्र सोल्टी गुरुङ

पोखरा । गुरुङ समुदायका पत्रकारहरूको साझा संस्था तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालको केन्द्रीय अध्यक्षमा चित्र सोल्टी गुरुङ निर्वाचित भएका छन्। कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा शनिबार सम्पन्न संघको छैटौं राष्ट्रिय महाधिवेशनले गुरुङलाई अध्यक्षमा निर्वाचित गरेको हो। नवनिर्वाचित अध्यक्ष इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् । महाधिवेशनबाट संघको उपाध्यक्षमा अनिता गुरुङ, महासचिवमा केशब गुरुङ, सचिवमा दानबहादुर गुरुङ र […]
बेलायतमा चलचित्र ‘सैंर्बे म्रु’ (मनको राजा) ले जित्यो दर्शकको मन

लन्डन, १९ सेप्टेम्बर २०२६ । बेलायतको अल्डरसटस्थित प्रिन्सेस हलमा गुरुङ चलचित्र ‘सैंर्बे म्रु’ (मनको राजा) प्रदर्शन गरिएको छ। खचाखच दर्शकको उपस्थितिबीच प्रदर्शन भएको यस चलचित्रले आम दर्शकको मन जित्दै अपार सफलता हात पारेको छ। विशेष प्रदर्शनमा चलचित्रका निर्माता तथा नायक अमृत गुरुङ र नायिका लक्ष्मी गुरुङको उपस्थिति रहेको थियो। चलचित्र हेरेपछि ‘एभरेस्ट टाइम्स’सँग कुराकानी गर्दै […]