बाढीमा ज्यान गुमाएका कलाकार तथा प्रभावित परिवारलाई तामाङ कलाकार संघले राहत दिने

काठमाडौं । भदौ २० गते आएको विनाशकारी बाढीमा परी अल्पायुमै ज्यान गुमाएका कलाकार तथा प्रभावित आफन्तहरूलाई नेपाल तामाङ कलाकार संघले राहत हस्तान्तरण गर्ने भएको छ। नेपाल तामाङ कलाकार संघको आयोजनामा २०८३ भदौ २५ गते बिहीबार राहत हस्तान्तरण कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रम दिउँसो १ बजे काठमाडौंको किटली कर्न, सिटी स्क्वायर मल, छैटौँ तला, सामाखुसी […]

बेलायत भ्रमणपछि नेपाल फर्किए ओम गुरुङ

पोखरा । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (BHDC) का प्रबन्ध निर्देशक ओम गुरुङ दुईमहिने बेलायत भ्रमण सम्पन्न गरी नेपाल फर्किएका छन् । लमजुङको क्व्होलासोंथार गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका गुरुङले आफ्नो बेलायत भ्रमणका क्रममा पसगाउँसिङ्दी परिवार यूके लगायत विभिन्न नेपाली संघ–संस्था, आफन्तजन तथा इष्टमित्रहरूसँग भेटघाट तथा आत्मीय अन्तरक्रिया गरेका थिए । […]

रवि लामिछानेले संसद्मा भने – ‘गैरआवासीय नेपाली क्षेत्रले गरेको योगदानको प्रशंसायोग्य छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा सत्ता पक्ष र प्रतिपक्षका परम्परागत आधारबाट नभई राष्ट्रिय एकता र मानवीयताका आधारमा जलवायु न्यायका लागि विश्व समुदायमाझ एकढिक्का भएर उभिन आह्वान गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा समय लिएर बोल्दै सभापति लामिछानेले भोटेकोशी विपत्तिमा सबै एक भएको उल्लेख गर्दै विवेक र मानवीयताको उज्ज्यालोमा देशले फेरि […]

हरितालिका तीज पूजा २०२६ को लागि निमन्त्रणा

बेलायत –  बेलायतको अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको आयोजनामा आगामी सोमबार, १४ सेप्टेम्बर २०२६ का दिन हरितालिका तीज पूजा विशेष रूपमा आयोजना हुने भएको जानकारी दिँदै अध्यक्ष हरि भट्टराईले सम्पूर्ण भक्तजनहरूलाई आमन्त्रण गरेका छन्। सेन्टरले सनातन धर्मावलम्बी तथा नेपाली समुदायलाई लक्षित गर्दै यस पवित्र पर्वमा सहभागिताका लागि हार्दिक आमन्त्रण गरेको हो। पूजामा विशेष प्रार्थना, […]

Statement from Rushmoor Borough Council on local government reorganisation

On 7 September, the Government announced a review of its plans to streamline local government which includes the withdrawal of its decision to replace Hampshire’s councils with four new unitary councils. Councillor Gareth Williams, Leader of Rushmoor Borough Council says: “I still believe that local government reorganisation and a unitary council combining the areas of […]

तनहुँ समाज यूकेले दियो नेपालका बाढी प्रभावितका लागि १० लाख १९५ रूपैयाँ

महेन्द्र आले – बेलायत। तनहुँ समाज यूकेले नेपालमा १० भदौमा आएको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि १० लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ । समाजले संकलन गरेको १० लाख १ सय ९५ रुपैयाँ बराबरको चेक समाजकी उपाध्यक्ष निर्मला थापाले बुधबार अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत हस्तान्तरण गरेकी हुन् । चेक बुझ्दै अर्थमन्त्री वाग्लेले विपद्का […]

‘ढिरे’ आमादेखि ‘मर्कली’की आमासम्म : अर्चना गुरुङको कला र सेवायात्रा

शिवकुमार गुरुङ स्याङ्जा जिल्लाको बिरुवास्थित खुदीमा जन्मनुभएकी अर्चना गुरुङ लामो समय पोखरा बसाइपछि हाल अमेरिकाको बोस्टनमा बस्दै आउनुभएको छ। भौगोलिक रूपमा मातृभूमिबाट टाढा रहे पनि नेपाली मौलिकता, परम्परा र संस्कृतिप्रतिको उहाँको आत्मीयता र लगाव उत्तिकै प्रगाढ रहँदै आएको छ। सामाजिक सञ्जाल टिकटकमा उहाँ ‘ढिरे’ आमा तथा ‘ढिँडो लभर’का रूपमा समेत परिचित हुनुहुन्छ। नेपाली परम्परागत खाना, […]

नेपालको बाढीमा सम्पर्कविहीन बहिनीको खोजीमा बेलायतबाट बेत्रावती पुगे लेख गुरुङ

लन्डन । गोसाइँकुण्ड तीर्थयात्रामा जाने क्रममा गत भदौ १० गतेदेखि सम्पर्कविहीन हुनुभएका बिनु गुरुङ र उहाँसँगै यात्रामा रहनुभएकी देवी गुरुङको खोजीका लागि बेलायतबाट लेख गुरुङ रसुवाको बेत्रावती पुग्नुभएको छ । तमु समाज यूकेका सल्लाहकार तथा तनहुँ समाज यूकेका संस्थापक अध्यक्ष एवं संरक्षक लेख गुरुङ बहिनीहरू बेपत्ता भएको खबर पाउनासाथ बेलायतबाट नेपाल पुग्नुभएको हो। उहाँले सम्बन्धित […]

लन्डन ब्रिजनजिकै ‘होलि काउ’को नयाँ शाखा सञ्चालनमा, आचार्यद्वारा आभार व्यक्त

लन्डन । नेपाली व्यवसायी कुल आचार्यको नेतृत्वमा सञ्चालित ‘होलि काउ’ले लन्डन ब्रिजनजिकै आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखा सञ्चालनमा आएसँगै एनआरएनएका पूर्वअध्यक्षसमेत रहेका आचार्यले आमाको आशीर्वाद, लन्डनवासी नेपालीहरूको माया तथा होलि काउ परिवारको साथ–सहयोगप्रति आभार व्यक्त गरेका छन्। आचार्यले नयाँ शाखाको सुरुवातसँगै आफूहरूलाई साथ, माया, विश्वास र हौसला दिने सम्पूर्ण लन्डनवासी तथा होलि […]

नेपालका बाढीपीडितको अवस्था बुझ्न एनआरएनए महिला उपाध्यक्ष राधिका गुरुङ (टीका) प्रभावित क्षेत्रमा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)की महिला उपाध्यक्ष राधिका गुरुङ (टीका) ले बाढी प्रभावित परिवारसँग भेटघाट गरी उनीहरूको अवस्था र तत्काल आवश्यक सहयोगबारे जानकारी लिएकी छन्। भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको उत्तरगया गाउँपालिका–वेत्रावती वडा नं. ५ का परिवारसँग गुरुङले मंगलबार भेटघाट गरेकी हुन् । भेटका क्रममा उनले बाढीबाट भएको क्षति, परिवारको वर्तमान अवस्था तथा उनीहरूलाई आवश्यक […]

युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन यूकेको सभापतिमा पुष्पा राणा मनोनीत

लन्डन । विश्वभर रहेका नेपाली डायस्पोरालाई संगठित गर्ने उद्देश्यले स्थापना गरिएको युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (यूएनडिओ) यूकेको सभापतिमा पुष्पा राणा मनोनीत भएकी छन् । ५ सेप्टेम्बर २०२६ मा यूएनडिओ यूकेलाई संस्थाको नवौँ राष्ट्रिय संगठनका रूपमा मान्यता प्रदान गरिएको जनाइएको छ । यूएनडिओ यूकेले अब आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै संगठनको नेतृत्व तथा कार्यसमितिलाई पूर्णता दिने […]

error: Content is protected !!