बाढीपीडितका लागि नेपाल तामाङ घेदुङको राहत संकलन अभियान, अहिलेसम्म कति उठ्यो ?

काठमाडौं । नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि सञ्चालन गरिरहेको राहत संकलन अभियानमा २० लाखभन्दा बढी जम्मा भएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले घेदुङले सञ्चालन गरेको अभियानमा बिहीबारसम्म २० लाख ६५ हजार रुपैयाँ […]

राहत वितरणका लागि एनआरएनए टोली धुन्चेतर्फ [तस्बिरहरु]

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को तर्फबाट राहत सामग्रीसहित टोली काठमाडौं–टोखा–नुवाकोटको छहरे हुँदै धुन्चेतर्फ गएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका अन्तर्गत बाढी तथा पहिरोबाट प्रभावित हाम्रा दाजुभाइ–दिदीबहिनीहरूको वास्तविक अवस्था नजिकबाट बुझ्ने, उहाँहरूसँग प्रत्यक्ष भेट्ने र आवश्यक सहयोग पुर्‍याउने उद्देश्यका साथ यो यात्रा सुरु भएको उपाध्यक्ष रोजिना प्रधान राईले जानकारी दिइन् । ‘हाम्रो पहिलो गन्तव्य स्याफ्रु […]

बा का हातका मधुरा रेखा [कविता]

धेरै पछि बुझे मैले बाका हातका रेखाहरू किन मधुरा भए, किन हत्केलाहरू खस्रा भए किन औलाहरू कुप्रिए किन नङहरू निला भए तर पनि – चाउरी परेको उहाँको अनुहारमा सदा मन्द मुस्कान हुन्थ्यो अथाह जाँगर हुन्थ्यो शरीरमा, अद्भुत चमक हुन्थ्यो आँखामा अर्ती र आशीर्वाद हुन्थ्यो बोलिमा शक्ति फैलिन्थ्यो उपस्थितिमा दिन प्रतिदिन कोरिरहदा मेरा भाग्य रेखा सिँगारिरहँदा […]

नेपालमा दीपककुमार साह उद्योगमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीका दीपककुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपतिले संविधानबमोजिम साहलाई मौजुदा मन्त्रिपरिषद्मा मन्त्री नियुक्त गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार तोकेका हुन् । नवनियुक्त मन्त्री साहले बिहीबार राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति पौडेलसमक्ष नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको […]

भोटकोशी बाढी पीडितहरूको राहत सहयोगका लागि नेपाली राजदूतावास, लन्डनद्वारा अपिल र बैंक खाता विवरण

बेलायत – २६ अगस्ट २०२६ का दिन नेपाली राजदूतावास, लन्डनले भोटकोशी बाढीपीडितहरूको राहत तथा उद्धारका लागि आर्थिक सहयोगको अपिल गर्दै बैंक खाता विवरणसहितको सूचना जारी गरेको छ। सूचनामा नेपालको भोटकोशी र त्रिशुली नदी करिडोरमा आएको विनाशकारी बाढी तथा पहिराका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका नदी तटीय क्षेत्रहरूमा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त […]

तामाङ समाज यूकेद्वारा नेपालका बाढीपीडितका लागि ५ हजार ४४८ पाउन्ड सहयोग संकलन

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ तमाङ समाज यूकेले सञ्चालन गरेको राहत संकलन अभियानबाट ५ हजार ४४८ पाउन्ड संकलन भएको छ। संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिने समाजका महासचिव रोज लामा दोङलृ जानकारी दिए । रकम हस्तान्तरण सम्पन्न भएपछि आधिकारिक जानकारी सार्वजनिक गरिने बताइएको छ। समाजले अभियानमा सहयोग […]

किङ्स गोर्खा आर्टिलरीको टोलीद्वारा पोखरास्थित गोर्खा मेमोरियल म्युिजियमलाई आर्थिक सहयोग हस्तान्तरण

पोखरा – गत ७ सेप्टेम्बर २०२६ का दिन किङ्स गोर्खा आर्टिलरी (केजीए) को ‘डायरेक्टेड ड्युटी ट्रेक’ समूहले पोखरास्थित गोर्खा मेमोरियल म्युिजियमको अवलोकन गरेको छ। मेजर एडम डुरान्ट, मेजर राम्जे म्याकनिल र डब्लूओटु तारासहितको समुहले म्युिजियमको भ्रमण गरेको हो। भ्रमणको क्रममा उक्त समूहले गोर्खा मेमोरियल म्युिजियमलाई सहयोग स्वरूप नेपाली १ लाख रकम हस्तान्तरण गरेको छ। गोर्खा […]

भाषा र संस्कृतिको कथा पर्दामा कोर्ने माओत्सेतुङ गुरुङ

गण्डकी प्रदेशअन्तर्गत पर्वत जिल्लाको महाशिला गाउँपालिका–५, लामे गाउँमा जन्मिएका माओत्सेतुङ गुरुङ विगत डेढ दशकदेखि सामाजिक, सांस्कृतिक, कला तथा चलचित्र क्षेत्रमा निरन्तर समर्पित रहँदै आउनुभएको छ । बुबा रत्नबहादुर गुरुङ तथा माता भीमकुमारी गुरुङको कान्छा सन्तान माओत्सेतुङको मातृभाषा गुरुङ, संस्कार, संस्कृति तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धन सामाजिक एवं सिर्जनात्मक यात्राको प्रमुख उद्देश्य रहँदै आएको छ। […]

नेपालकी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौँ । नेपाल सरकारकी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले पदबाट राजीनमा दिएकी छिन्। मन्त्री कुमारीले बिहीबार प्रधानमन्त्री वालेन शाहसमक्ष राजीनामा पत्र बुझाएकी हुन्। ग्यास अभाव कम गर्न नसक्दा मन्त्री यादवको आलोचना बढ्न थालेको थियो। ‘ग्यास आपूर्ति सहज बनाउन उद्योगीलाई पाता फर्काउनुपर्ने’ बुधबार संसदको उद्योग समितिको बैठकमा अभिव्यक्ति दिएकी थिइन्।

नेपालका बाढीपीडितका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १२ अर्ब ४३ करोडभन्दा बढी मोज्दात

काठमाडौँ । नेपालका बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ मौज्दात छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार बिहान ९ बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ रुपैयाँ मौज्दात छ । त्यस्तै, कोषका दुई वटा बैंकमा […]

भोटेकोशी बाढीपीडितको सहयोगार्थ एनआरएनए बहराइनबाट २५ लाख ७९ हजार सहयोग

लन्डन । भोटेकोशी बाढीपीडितको सहयोगार्थ एनआरएनए बहराइनले २५ लाख ७९ हजार रुपैयाँ सहयोग गरिएको छ । एनआरएनए बहराइनले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)मार्फत २५ लाख ७९ हजार ३२८ रुपैयाँ सहयोग गरेको एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले जानकारी दिएका छन् । सहयोगी बहराइन एनआरएनएलाई अध्यक्ष डा. शर्मा र कोषाध्यक्ष कृष्णप्रसाद तिम्सिनाले प्रशंसा पत्र प्रदान गर्दै धन्यवाद दिएका […]

बेलायत ओर्लिए चर्चित गायक बद्री पंगेनी र दुर्गेश थापा

लन्डन । नेपालका चर्चित गायक बद्री पंगेनी र दुर्गेश थापा बेलायत आइपुगेका छन्। शुक्रबार ११ सेप्टेम्बरमा लन्डनमा आयोजना हुने ‘तीज फर अ कज’मा सहभागी हुन गायकद्वय पंगेनी र थापा बुधबार साँझ लन्डनको हिथ्रो विमानस्थल ओर्लिएका हुन् । कलाकारद्धयलाई आयोजक मिलानोयर इभेन्ट्सका विप्लव रिमाल र प्रकाश रानाभाटले स्वागत गरे । इष्ट लन्डनको म्यानर पार्क स्टेसननजिकै अवस्थित […]

error: Content is protected !!