युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन यूकेको सभापतिमा पुष्पा राणा मनोनीत

लन्डन । विश्वभर रहेका नेपाली डायस्पोरालाई संगठित गर्ने उद्देश्यले स्थापना गरिएको युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (यूएनडिओ) यूकेको सभापतिमा पुष्पा राणा मनोनीत भएकी छन् । ५ सेप्टेम्बर २०२६ मा यूएनडिओ यूकेलाई संस्थाको नवौँ राष्ट्रिय संगठनका रूपमा मान्यता प्रदान गरिएको जनाइएको छ । यूएनडिओ यूकेले अब आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै संगठनको नेतृत्व तथा कार्यसमितिलाई पूर्णता दिने […]

घुइँचो बढेपछि नुवाकोटको दुप्चेश्वर मन्दिरको दर्शन समय परिवर्तन, कति बेला पाइन्छ दर्शन ?

नुवाकोट । नुवाकोटको दुप्चेश्वर धाममा भक्तजनको चाप बढ्दै गएपछि मन्दिरलाई थप व्यवस्थित र संरक्षण गर्न दर्शन तथा पूजा–आरतीको समय परिवर्तन गरिएको छ । दुप्चेश्वर क्षेत्र विकास कोषका अनुसार आगामी असोज १ गतेदेखि मुख्य मन्दिरको गेट साँझको आरतीपछि बन्द हुनेछ । गेट भोलिपल्ट बिहान नित्य पूजा सम्पन्न भएपछि मात्र खुल्नेछ । मन्दिरको तल्लो प्रवेशद्वार भने दैनिक […]

बाढीपीडितका लागि तमु धीं यूकेको सहयोग अभियान जारी, अहिलेसम्म कसले कति दिए ?

लन्डन । रसुवा क्षेत्रको भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि बेलायतस्थित नेपालीहरूको प्रतिष्ठित सामाजिक संस्था तमु धीं यूकेले सञ्चालन गरेको आर्थिक सहयोग संकलन अभियानमा विभिन्न शाखा, संघसंस्था तथा व्यक्तिगत दाताहरूको सहयोग आउने क्रम जारी रहेको छ। तमु धीं यूकेले बाढीपीडितहरूको सहयोगका लागि कम्तीमा १ करोड १ हजार रूपैयाँ […]

६ गोर्खा राइफल्स एमटी प्लाटुनको वार्षिक भेटघाट सम्पन्न

फोटो – सविना बुढा मगर बेलायत – शनिबार ५ सेप्टेम्बर २०२६ का दिन ६ गोर्खा राइफल्स एमटी प्लाटुनको वार्षिक भेटघाट कार्यक्रम बेलायतको अल्डरसटस्थित ओजोन रेस्टुरेन्टमा भव्य रूपले सम्पन्न भएको छ। वार्षिक भेटघाट कार्यक्रममा चर्चित तथा लोकप्रिय गायिका सविना बुढा मगरलाई प्रमुख आकर्षणका रूपमा आमन्त्रण गरिएको थियो। गायिका बुढा मगरले एमटी प्लाटुनका सदस्य तथा उहाँहरूको परिवारजनलाई […]

तिमी आएपछि [कविता]

तिमी आएपछि तिमी आएपछि मनमा, वसन्त पलायो, सुकेको यो जिन्दगीमा, हरियाली छायो। चुपचाप थिए भावना, शब्द बनेर आए, अँध्यारा ती बाटाहरू, दीप बनेर पाए। तिमी हाँसेपछि मुटुमा, नयाँ गीत गायो, तिमी आएपछि मनमा, वसन्त पलायो। तिम्रो बोली सुन्दा लाग्छ, बाँसुरीको धुन, तिम्रो आँखाभित्र भेट्छु, नीलो आकाश जुन। तिम्रो साथ पाएपछि, डर सबै हरायो, टुटेको यो […]

नेप्लिज ड्राइभिङ इन्स्ट्रक्टर एसोसिएसन यूकेद्वारा बाढीपीडितको लागि एकैदिन १ लाख ५३ हजार सहयोग संकलन

नगेन्द्रराज नेम्बाङ लन्डन, अल्डरसट । नेप्लिज ड्राइभिङ इन्स्ट्रक्टर एसोसिएसन यूके (एनडीआईए)ले नेपालका बाढीपीडितका लागि एकै दिन १ लाख ५३ हजार रुपैयाँ सहयोग संकलन गरेको छ । आइतबार ६ सेप्टेम्बरमा आयोजित एसोसिएसनको वार्षिक साधारणसभा साथै भेटघाट कार्यक्रममा हालै नेपालमा आएको बाढीपीडितहरुको राहत, उद्धार र पुन:स्थापनाका लागि ७५० पाउन्ड (नेरु १ लाख ५३ हजार बराबर) संकलन भएको […]

ब‍ेलायतमा कोभेन्ट्री नेपाली समाज र विश्व नेपाली साहित्य महासंघ मिडल्याण्डको श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम

लन्डन । नेपालमा हालै आएको विनाशकारी बाढी–पहिरोका कारण दिवंगत भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको १३औँ पुण्यतिथिको अवसरमा विश्व नेपाली साहित्य महासंघ मिडल्याण्ड शाखा बेलायत र कोभेन्ट्री नेपाली समाज बेलायतको संयुक्त आयोजनामा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। कोभेन्ट्रीस्थित एन्स्टी पार्कमा ७ सेप्टेम्बर २०२६ मा आयोजित कार्यक्रम कोभेन्ट्री नेपाली समाजका महासचिव सुवासचन्द्र अधिकारीले सञ्चालन […]

राष्ट्रिय अवार्ड विजेता गुरुङ चलचित्र ‘मर्कली’को लन्डनमा विशेष प्रदर्शन

शिवकुमार गुरुङ लन्डन। तमु समाज यूकेको आयोजनामा राष्ट्रिय अवार्ड विजेता गुरुङ चलचित्र ‘मर्कली’को लन्डनमा विशेष प्रदर्शन भएको छ । आइतबार ६ सेप्टेम्बर २०२६ मा बार्हम पार्क, वेम्बलीस्थित तमु समाज यूकेको सामुदायिक भवनमा उक्त चलचित्रको भव्य रूपमा सम्पन्न भएको हो । समाजकी अध्यक्ष बिन्दुकुमारी गुरुङ घलेको अध्यक्षतामा सम्पन्न चलचित्र प्रदर्शन कार्यक्रम तमु समाज यूकेका महासचिव सुव […]

निरुता पुन मगरको एकल साँझमा नेपाली ४ लाख पचास हजार संकलन

बेलायत। चर्चित तथा लोकप्रिय लोकदोहोरी गायिका निरुता चोचाङ्गी पुन मगरको ‘निरुता एकल साँझ’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमबाट सङ्कलित चार लाख ५० हजार रुपैयाँभन्दा बढी (२,२७० पाउन्ड) रकम गायिका निरुता चोचाङ्गी पुन मगरलाई हस्तान्तरण गरिएको संयोजक प्रकाश चोचाङ्गी पुन मगरले जानकारी दिएका छन् । बेलायतको अल्डरसटस्थित सेन्ट जोसेफ हलमा शनिबार ५ सेप्टेम्बर २०२६ आयोजित कार्यक्रम […]

बाढी पीडितको सहयोगार्थ बेलायतमा ‘सोलिड्यारिटी वाक’, ब्रिटिश सांसद तथा मेयरसहित सयौं सहभागी

लन्डन । नेपालमा २६ अगस्टमा आएको भीषण बाढीबाट पीडित समुदायको सहयोगका लागि लन्डनमा आयोजित ‘च्यारिटी सोलिड्यारिटी वाक’मा सयौंले भाग लिएका छन् । हेल्प नेपाल नेटवर्क यूकेको आयोजना तथा बुद्ध फाउन्डेसन यूकेको सहआयोजनामा शनिबार बेलुका आयोजित पदयात्रामा बेलायतस्थित ३० वटा नेपाली संघसंस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए । त्यस्तै ब्रिटिश सांसद लुई फ्रेन्च, बरो अफ बेक्स्लीकी मेयर […]

बाढीपहिरो प्रभावितलाई राहत बाँड्न एनआरएनए यूकेको टोली नेपाल जाँदै

लन्डन । हालै नेपालमा गएको विनाशकारी हिमबाढी र पहिरोका पीडितलाई राहत वितरण तथा प्रभावित क्षेत्रको अवलोकन गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको टोली नेपाल आउने भएको छ । टोलीले प्रभावित क्षेत्रमै पुगेर पीडित परिवारसँग प्रत्यक्ष भेटघाट गर्ने र उनीहरूको वास्तविक अवस्था बुझेर मानवीय सहयोग गर्नेछ । एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरको पहलमा यस विषयमा […]

मुक्तक प्रतिष्ठान यूकेको अध्यक्षमा प्रतिमा केसी ‘प्रवासी’

ईलिङ, लन्डन । नेपाल मुक्तक प्रतिष्ठान यूकेको अध्यक्षमा प्रतिमा केसी ‘प्रवासी’ सर्वसम्मत चयन भएकी छन्। ६ सेप्टेम्बर २०२६ मा लन्डनको ईलिङस्थित मोन्टीज रेस्टुरेन्टमा सम्पन्न प्रतिष्ठानको चौथो अधिवेशन तथा एघारौँ वार्षिक साधारणसभाले केसीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। केसी यसअघि उपाध्यक्ष थिइन्। नयाँ कार्यसमितिको उपाध्यक्षमा राज श्रेष्ठ, सचिवमा गङ्गा भण्डारी, सहसचिवमा अहिल्या कुँवर, […]

error: Content is protected !!