७२ घण्टाभित्र भोटेकोशी बाढीपीडितका लागि सहयोग जुटाउँदै मनोक्रान्ति टीम यूके, कसले कति दिए ?

लन्डन । मनोक्रान्ति टीम यूकेले भोटेकोशी तथा रसुवा, नुवाकोट क्षेत्रमा बाढीबाट प्रभावित पीडितका लागि ७२ घण्टाभित्र सहयोग रकम संकलन गरी नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा पठाउने निर्णय गरेको छ। प्रत्येक बिहान सञ्चालन हुँदै आएको अनलाइन योग कक्षामा सहभागीहरूबीच अगस्ट ३१ मा छलफल गरी उक्त निर्णय गरिएको टीम लिडर एवं अभियान संयोजक नगेन्द्रराज नेम्बाङले जानकारी दिएका […]

बेलायतमा १७औं नेपाली मेलामा किरात याक्थुङ चुम्लुङ यूकेको सहभागिता

लन्डन । तमु धीं युकेले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाली मेलाको १७ औं संस्करणमा किरात याक्थुङ चुम्लुङ यूकेले यो वर्ष पनि सहभागिता जनाएको छ । लन्डन केम्पटन पार्कमा ३० अगस्टमा आयोजित मेलामा केवाईसीकी अध्यक्ष कमला सेन्दाङ लिम्बु र उपाध्यक्ष दिपेन्द्र याक्सोको नेतृत्वमा सहभागी भएको हो । किरात याक्थुङ चुम्लुङ ग्रेटर रसमोर शाखा अध्यक्ष थान्कुमान […]

एनआरएनएद्वारा पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड हस्तान्तरण

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ हस्तान्तरण गरेको छ। संघका अध्यक्ष डा. हेमराज शर्मासहितको प्रतिनिधिमण्डलले सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्रीसँग भेट गरी उक्त रकम हस्तान्तरण गरेको हो । गैरआवासीय नेपाली संघका पदाधिकारी तथा अभियन्ताहरू र […]

बाढीपीडितका लागि १७ औं नेपाली मेलामा ‘सेभेन सिस्टर्स’द्वारा २१ सय ४६ पाउन्ड संकलन

लन्डन । साउथ इस्ट लन्डनका ‘सेभेन सिस्टर्स’ले नेपालका बाढीपीडितका लागि १७ औं नेपाली मेला २०२६ मा २१ सय ४६ पाउन्ड संकलन गरेका छन् । सहयोग संकलनका लागि आयोजक तमु धीं यूकेका उपाध्यक्ष तथा मेला संयोजक कमल गुरुङ र सचिव विमल गुरुङको आग्रह अनुसार ‘सेभेन सिस्टर्स’ले आइतबार ३० अगस्टमा आयोजित मेलामा उक्त रकम संकलन गरेका हुन् […]

एभरेस्ट टाइम्स यूकेका सम्पादकसहित टिम नै नेपाली मेला- २०२६ मा सम्मानित

लन्डन । बेलायतमा १८ वर्षदेखि सञ्चालित नेपाली सशक्त सञ्चारमाध्यम ‘एभरेस्ट टाइम्स यूके’का सम्पादकसहित टिम नै नेपाली मेला- २०२६ मा सम्मानित भएका छन् । तमु धीं यूकेको आयोजना र नेपाली दूतावास लन्डनको सहकार्यमा सनबरीस्थित केम्टन पार्क रेसकोर्समा आइतबार ३० अगस्टमा आयोजित मेलाका अवसरमा एभरेस्ट टाइम्सका अध्यक्ष तथा सम्पादक डा.दुत पुन ‘चिम्खोले काइँला’, प्रबन्ध निर्देशक नगेन्द्रराज नेम्वाङ, […]

नेपालको बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपाली दूतावास लन्डनमा मंगलबार कार्यक्रम

लन्डन । नेपालमा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न बेलायतस्थित नेपाली राजदूतावास लन्डनले कार्यक्रम आयोजना गर्ने भएको छ। दूतावासले जारी गरेको सूचनाअनुसार मंगलबार, १ सेप्टेम्बरमा साँझ ६-७ बजेसम्म राजदूतावासमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्न लागिएको हो । गत बुधबार, २६ अगस्टमा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको […]

नेपाली दूतावास लन्डनले गर्‍यो बाढीपीडितको सहयोग र पुनर्निर्माणका लागि सक्दो सहयोग गर्न अपिल

लन्डन । बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले रसुवा, नुवाकोटलगायतका जिल्लामा बाढीबाट भएको ठुलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बेलायतस्थित नेपाली समुदायलाई सक्दो नैतिक तथा भौतिक सहयोग गर्न अपिल गरेका छन् । नेपालमा हालै आएको भीषण बाढीबाट प्रभावित समुदायलाई राहत तथा पुनर्निर्माणमा सहयोग गर्ने विषयमा बेलायतस्थित नेपाली समुदाय, सङ्घसंस्था तथा विभिन्न […]

पासा पुच गुठी युकेले जित्यो नेपाली मेला २०२६को एम्बासडर कप र एनआरएनए कप

बेलायत ।तमु धिं युके र नेपाली राजदूतावास लन्डनको सहकार्यमा आयोजित ‘नेपाली मेला २०२६’ बेलायतको सनबरीस्थित केम्टन पार्कमा १० हजारभन्दा बढी दर्शकको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको छ। नेपाली मेला २०२६ मा पासा पुच गुठी युकेले ऐतिहासिक सफलता हासिल गर्दै मुख्य आकर्षणका रूपमा रहेका एम्बासाडोर कप र एनआरएनए कप दुवै आफ्नो पोल्टामा पार्न सफल भएको छ। […]

नेपाली मेला २०२६ मा पूर्वउपसभामुख इन्दिरा राना मगरले भनिन् – ‘सानो नेपाल यूकेमा रहेछ’

लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रतिनिधिसभा सांसद एवं पूर्वउपसभामुख इन्दिरा राना मगरले नेपाली मेला २०२६ को झाँकीहरु हेरेपछि यूकेमा सानो नेपाल रहेको महसुस भएको बताएकी छन् । तमु धीं यूकेले ३० अगस्टमा आयोजना गरेको १७ औं नेपाली मेलामा बोल्दै सांसद रानामगरले झाँकीहरु हेर्दा एउटा सानो नेपाल यूकेमा रहेछ जस्तो लागेको बताएकी हुन् । पूर्वउपभामुख […]

नेपालका बाढी प्रभावित क्षेत्रमा ब्रिटिस गोर्खा सैनिकको विशेषज्ञता उपयोग गर्न काउन्सिलर गुरुङको प्रस्ताव

लन्डन । पूर्वउपमेयर तथा काउन्सिलर लक्षबहादुर गुरुङले नेपालमा भूकम्पलगत्तै गोर्खा टोली परिचालन भएको स्मरण गर्दै यसपटक पनि ब्रिटिश गोर्खा सैनिकको विशेषज्ञताको उपयोगका लागि पहल गर्न नेपाली दूतावास लन्डनलाई आग्रह गरेका छन् । नेपालमा २६ अगस्टमा आएको भीषण बाढीबाट प्रभावित समुदायलाई राहत तथा पुनर्निर्माणमा सहयोग गर्ने विषयमा बेलायतस्थित नेपाली समुदाय, संघसंस्था तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूसँग नेपाली […]

बेलायतमा सुनको मूल्य केही घट्यो, आइतबार प्रतितोला १३ सय १० पाउन्ड

लन्डन । बेलायतमा सुनको मूल्य केही मात्रामा घटेको छ । नेप्लिज ज्वलर्स एसोसिएसन यूकेका अनुसार आइतबार ३० अगस्टमा प्रतितोला १३ सय १० पाउन्ड तोकिएको छ । यस्तै चाँदी प्रतितोला ३५ पाउन्ड कायम भएको छ । शुक्रबार र शनिबार सुन प्रतितोला १३ सय ३५ र चाँदी ३५ पाउन्डमा कारोबार भएको थियो ।

चीनमा पहिरोमा परी १५ बेलायती, १०४ नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

काठमाडौं । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमाको ग्यिरोङ नाकामा अगस्त २६ मा गएको पहिरोपछि २३ देशका २६१ विदेशी नागरिकको अवस्था अज्ञात रहेको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन् । परराष्ट्र, सार्वजनिक सुरक्षा, संस्कृति तथा पर्यटन र आपत्कालीन व्यवस्थापन निकायले गरेको संयुक्त खोजी तथा विवरण रुजुपछि क्षेत्रीय सरकारको सूचना कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त […]

error: Content is protected !!