स्रष्टाहरूलाई नमन [कविता]

आज हामी हाम्रा स्रष्टाहरूको सम्झनामा हृदयका पत्र-पत्रभित्र प्रेमले आदर, सम्मान भरिरहेका छौँ अक्षर र शब्दका ती पवित्र देवालयहरूलाई फेरि मनदेखि नमन गर्दै परिक्रमा गरिरहेका छौँ जहाँ, भूपि शेरचनका यक्ष प्रश्नहरूले व्यवस्था नै झस्काईरहन्छ मान्छेहरूको अनुहारमा यो समयको धूलो उडाईरहन्छ जहाँ, मास्टर मित्रसेनको स्वरले पर्खालको भित्ता भत्काएर सबको हृदयको ढोका ढकढकाउन पुगिरहन्छ र तिनको लोक धूनले […]

एनआरएनए प्रवक्ता सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धक

काठमाडौं । भरतपुर महानगरपालिकाले गैरआवासीय नेपाली संघका प्रवक्ता सोमनाथ सापकोटालाई अन्तर्राष्ट्रिय पर्यटन समन्वयक नियुक्त गरेको छ । कार्यवाहक मेयर चित्रसेन अधिकारीको कार्यालयमा सापकोटालाई बुधवार औपचारिक रूपमा नियुक्तिपत्र हस्तान्तरण गरिएको हो । सापकोटा, विदेशी नागरिकता प्राप्त नेपाली मूलका तथा गैरआवासीय नेपाली हुन् । उनी हाल गैरआवासीय नेपाली संघ (गैरआवासीय नेपाली संघ) का प्रवक्ता तथा पर्यटन प्रवर्द्धन […]

निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने सभापति लामिछानेको भनाइ

काठमाडौं । निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बताएका छन् । सिंहदरबारमा बुधबार पत्रकारसँग कुरा गर्दै उनले कस्तो छानबिन हुने भन्नेबारे पनि चाँडै जानकारी गराउने बताए । उनले भने, ‘मलाई लाग्छ छानबिनको प्रक्रिया चाँडै सुरु हुन्छ । कस्तो छानबिन हुन्छ भन्ने कुरा पनि जानकारी गराउँछौं […]

जुन महिनाको पहिलो आइतबार आशफोर्डमा ‘गोर्खा वाक’ आयोजना गरिंदै

लन्डन – आगामी ७ जुन २०२६ (आइतबार) को दिन आशफोर्डस्थित ग्रेट चार्ट प्लेइङ्ग फिल्ड्समा गोर्खा वाक (गोर्खा पदयात्रा) आयोजना गर्न लागिएको छ। गोर्खा पिस फाउन्डेशनद्वारा आयोजना गर्न लागिएको १३ औं वार्षिक गोर्खा वाकमा यो वर्ष झन्डै २,००० जनाको सहभागिता  हुने आयोजकले अपेक्षा गरेका छन्। फाउन्डेशनका संस्थापक अध्यक्ष  भिम तुम्वाहाम्फेले वीरता र साहसको सम्मान गर्दै ब्रिटिश […]

दौडमै भविष्य देखेका २६ वर्षीय सनम गुरुङ

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम गुरुङ पछिल्लो समय दौडमा परिचित नाम हो । सामान्य परिवेशमा हुर्किनुभएका उहाँले आफ्नो भविष्य दौडमा देख्नुभएको छ । विगत सात वर्षदेखि निरन्तर दौडमा सक्रिय रहँदै आउनुभएका सनमले आफ्नो अथक मिहिनेत, लगनशीलता र दृढ इच्छाशक्तिबाट उल्लेखनीय सफलता हासिल गर्नुभएको छ । उहाँले हालसम्म एक सयभन्दा बढी दौड […]

अविलम्ब सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह

  काठमाडौँ । विपक्षी दलहरुले सङ्घीय संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न सरकारसँग आग्रह गरेका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बुधबार बसेको बैठकले संवैधानिक परिषद्को काम कर्तव्य र अधिकारसम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्नेसम्बन्धी अध्यादेश फिर्ता गरी सदनमा पेस गर्न आग्रह गरेको हो । विपक्षी […]

एनआरएनएद्वारा गैरआवासीय नेपालीसम्बन्धी विधेयक २०८३ मा सुझाव पेश

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को तर्फबाट गैरआवासीय नेपाली सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न तयार पारिएको विधेयक, २०८३ सम्बन्धमा आफ्ना विस्तृत सुझावहरू परराष्ट्र मन्त्रालयमा औपचारिक रूपमा पेश गरिएको छ । सुझावहरू उपाध्यक्ष एवं गैरआवासीय नेपाली कल्याण विभागकी प्रमुख तथा नागरिकता निरन्तरता समितिकी संयोजक रोजिना प्रधान राईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमार्फत पेश गरिएको हो । […]

बेलायतका लागि नेपाली कार्यवाहक राजदूत दुवाडीले गरे ब्याङगोर विश्वविद्यालय भ्रमण

लन्डन । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले ब्याङगोर विश्वविद्यालयका उपकुलपति (भाइस चान्सलर) प्राध्यापक एडमण्ड बर्क एवं डेपुटी भाइस चान्सलर प्रोफेसर एन्ड्रयू एडवार्डस्सँग भेटवार्ता गरेका छन् । नेपाली विद्यार्थी अध्ययनरत उत्तरी वेल्सको १४२ वर्ष पुरानो ब्याङगोर विश्वविद्यालय मंगलबार भ्रमण गर्दै कार्यवाहक राजदूत दुवाडीले नेपाली विद्यार्थीको अवस्थाबारे जानकारी लिएका हुन् । उनले ब्याङगोर विश्वविद्यालयबाट विद्यार्थको […]

बाबाको आवाज सुन्न नसक्ने गरी टाढा… [कविता]

भत्किरहेको पहाडको सङ्घारमा टक्क उभिएर, मेरो पापा!! भित्र भित्रै मन पहिरोझैँ खस्दै होला, तर बाहिर कठोर खम्बा बनेर आफैँलाई सम्हालिरहनु भएको छ त्यो मनको बाँधलाई त्यहीँ थुनेर, आँसुको भेललाई आँखामै रोक्दै आमाको निश्चल शरीर अगाडि, कम्पिरहेको हातले अन्तिम पटक स्पर्श गर्दै सायद भित्रभित्रै चिच्याइरहनु भएको होला, ‘एक पटक मात्रै आँखा खोल न… म अझै तयार […]

प्रथम अन्तर्राष्ट्रिय महिला सम्मेलनका लागि सरोकारवालासँग सुझाव संकलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत अन्तर्राष्ट्रिय समन्यव परिषद्को महिला विभागले “महिला सशक्तिकरणको आधार, रोजगारी, उद्यम र व्यापार” भन्ने मूल नारासहित आयोजना गर्न लागेको प्रथम अन्तराष्ट्रिय महिला सम्मेलनको तयारी तीव्र बनाएको छ। राष्ट्रिय मानव अघिकार आयोगकी सदस्य लिली थापा, कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयकी राज्यमन्त्री माननीय राज्यमन्त्री शोभा चेम्जोंग,महिला आयोगकि अध्यक्ष कमला पराजुली […]

पुन समाज युकेको अध्यक्षमा पुन: मेजर गम बहादुर गर्बुजा पुन निर्वाचित

बेलायत – पुन समाज यूकेको अधिवेशनले मेजर (रिटायर्ड) गम बहादुर बुदुजा पुनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। आइतबार, २६ अप्रिल २०२६ का दिन साउथ हारो स्पोर्ट्स एण्ड सोसल क्लब, लण्डनमा आयोजित संस्थाको अधिवेशनले पूर्व कार्यसमितिलाई नै यथावत राख्दै आगामी कार्यकालका लागि पुन: जिम्मेवारी सुम्पिएको हो। निर्वाचन समितिका प्रमुख अति प्रसाद पुन तथा निर्वाचन […]

एनआरएनए यूकेको जुम बैठक ५० प्रतिशत कर प्रस्ताव र भविष्यका योजनामाथि छलफल हुने

बेलायत – गैर आवासीय नेपाली संघ (NRNA) यूकेका अध्यक्ष श्री प्रेम गाहा मगरले आगामी २९ अप्रिल २०२६ का दिन एक महत्वपूर्ण भर्चुअल (जुम) बैठक आह्वान गर्नुभएको छ। नेपाली समुदाय र गैर आवासीय नेपालीहरूको हकहितसँग जोडिएका जल्दाबल्दा विषयमा छलफल गर्न यो बैठक आयोजना गरिएको हो। बैठक बुधवार २९ अप्रिल २०२६ को बेलुकी साँझ बेलायतको समयानुसार १९:३० […]

error: Content is protected !!