काठमाडौंमा तामाङ स्रष्टा सम्मान तथा विशेष सांगीतिक कार्यक्रम सम्पन्न

युनिकरक्षे ग्लान-तामाङ काठमाडौं । “तामाङ स्रष्टादा डेन, खाबा पुस्तादा ठागे ज्ञान” भन्ने मूल नाराका साथ काठमाडौंमा ‘तामाङ स्रष्टा सम्मान तथा विशेष सांगीतिक गेताङ’ सम्पन्न भएको छ । तामाङ समुदायको साझा मातृ संस्था नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिको आयोजना तथा नेपाल तामाङ संस्कृति घेदुङ र झ्याम्याङ लामा प्रतिष्ठानको सहआयोजनामा तामाङ संस्कार तथा संस्कृतिका मर्मज्ञ झ्याम्याङ लामाको […]
सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेको अध्यक्षमा डा. रामजी पौडेल

लन्डन । सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स (एसओएनपी) यूकेको हालै सम्पन्न वार्षिक साधारणसभाले डा. रामजी पौडेलको अध्यक्षतामा कार्यसमिति गठन गरेको छ। उपाध्यक्षमा डा बिदुर घिमिरे, महासचिव पुष्पराज मोक्तान, सचिब डा शिक्षा बराल, कोषाध्यक्ष महेन्द्र ढुंगाना र सदस्यहरुमा शम्भुनाथ अधिकारी, राजु न्यौपाने, सचिन श्रेष्ठ, शक्ति घिमिरे, जगत पौडेल र डा नरबहादुर साउद छन्। २२ अगस्ट शनिवार लन्डनको […]
किताब जात्रा कि बेलायतको यात्रा ? [विचार]

बेलायतको नेपाली साहित्यिक वृत्तमा अहिले एउटा गम्भीर प्रश्न उठ्न थालेको छ-लन्डनस्थित नेपाली राजदूतावासमा आयोजना गरिएको ‘किताब जात्रा युके’ वास्तवमै बेलायतभरिका नेपाली साहित्यकारको साझा उत्सव हो अथवा सीमित व्यक्ति, समूह र घेराको उपस्थितिमा सम्पन्न हुने एउटा औपचारिक कार्यक्रम मात्र ? ‘किताब जात्रा युके’को तेस्रो संस्करण २१ अगस्ट २०२६ मा लन्डनस्थित नेपाली दूतावासमा सम्पन्न भएको समाचार सार्वजनिक […]
मेग्मा गुरुङले जितिन् ११ औं विश्व हाप्किडो च्याम्पियनसिपमा कांस्य पदक

काठमाडौं । मेग्मा गुरुङले ११ औं विश्व हाप्किडो च्याम्पियनसिप–२०२६ मा कांस्य पदक जितेकी छन् । दक्षिण कोरियामा भएको च्याम्पियनसिपमा प्रतियोगिताको फाइट ग्योरोगी विधामा मेग्माले कांस्य पदक जितेकी हुन् । मेग्माले गत संस्करणमा रजत जितेकी थिइन् । यसैबीच नेपालबाट महिला ४८-५२ किलो तौल समूहमा सहभागी तमु धीं नेपाल कास्कीअन्तर्गत तमु विद्यार्थी समिति सदस्य मेग्मा गुरुङले नेपालको […]
बेलायतमा नेपाली विद्यार्थीहरुका साझा समस्या सम्बोधनको एकीकृत प्रयास, विभिन्न समिति गठन

थानेश्वर पाण्डेय कार्डिफ । यूकेमा अध्ययन गर्न आएका नेपाली विद्यार्थीहरुले भोग्नुपरेका समस्याहरु पहिचान गर्न र त्यसको समाधानका लागि प्रयास गर्ने उद्देश्यका साथ वेल्सको कार्डिफमा २२ अगस्ट २०२६ मा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । युनिभर्सिटी अफ साउथ वेल्सको सभाहलमा आयोजना गरिएको कार्यक्रममा नेपाली विद्यार्थीले भोग्नु परेका समस्या र त्यसको समाधानका विषयमा स्थानीय नेपाली सामुदायिक […]
यसरी सम्पन्न भयो पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम [१८ फोटो]

लन्डन । बेलायतमा पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शनिबार, २२ अगस्ट २०२६ मा अल्डरसटस्थित अल्डरवुड लिजर सेन्टरमा समाजको भेटघाट कार्यक्रम सम्पन्न भएको हो । समाजका अध्यक्ष धिरज गुरुङको अध्यक्षता र तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरूङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । समाजले बेलायतमा रहेका पञ्चकोशी परिवारबीच आपसी […]
बेलायतमा कार दुर्घटनामा दुई प्रहरी अधिकारीसहित ७ जनाको मृत्यु

लन्डन । उत्तरपूर्वी इंग्ल्यान्डमा शनिबार गलत दिशाबाट आइरहेको कारले प्रहरीको गाडीलाई ठक्कर दिँदा दुई प्रहरी अधिकारीसहित सात जनाको मृत्यु भएको छ । क्लिभल्यान्ड प्रहरीकाअनुसार मिडल्सब्रोको पूर्वमा पर्ने साउथ बैंक क्षेत्रमा शनिबार बिहान ३:३९ बजे दुर्घटना भएको हो । दुर्घटनामा दुवै सवारीसाधनमा सवार सबै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । […]
बाढीपहिरोले नुवाकोट पञ्चकन्यामा ठूलो क्षति, राहत तथा उद्धारमा जुट्न गाउँपालिकाको अपिल

नुवाकोट । अविरल वर्षापछि आएको बाढीपहिरोका कारण नुवाकोटको पूर्वी भेगमा ठूलो क्षति पुगेको भन्दै पञ्चकन्या गाउँपालिकाले राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग गर्न अपिल गरेको छ । गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले शनिबार जारी गरेको अपिलमा भाद्र ४ र ५ गते परेको भीषण वर्षाका कारण गाउँपालिकासहित जिल्लाको पूर्वी भेगमा बाढीपहिरोले ठूलो क्षति पुर्याएको उल्लेख छ । सडक […]
उपमेयर जिव बेल्वासेलाई तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र समाजसेवी एकेन्द्र गुरुङबाट सम्मान

लन्डन । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र वरिष्ठ समाजसेवी एकेन्द्र गुरुङले रसमुरो बरो काउन्सिलको उपमेयर जीव बेल्वासेलाई घरमै पुगेर सम्मान र बधाई दिएका छन् । उनीहरूले नयाँ जिम्मेवारीका लागि शुभकामना दिँदै सफल कार्यकालको कामना गरेका थिए । उपमेयर बेल्वासेलाई फेटा लगाइदिएका थिए । शुभकामना तथा आशीर्वादका लागि धन्यवाद दिँदै उपमेयर बेल्वासेले गुरुङद्वयको आत्मीय […]
सांसद राधिका तामाङद्वारा अवरुद्ध मध्यपहाडी लोकमार्ग अवलोकन, यथासक्य सञ्चालनमा ल्याउन निर्देशन

नुवाकोट । बागमती प्रदेश सांसद एवं पूर्व उपसभामुख राधिका तामाङले जिल्लाको शिवपुरी गाउँपालिका–५ मा बाढीपहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको अवलोकन गरेकी छन् । सांसद तामाङ शनिबार लोकमार्ग अवलोकन गर्दै यथासक्य सडक सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् । साथै पन्चकन्या गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, तादी गाउँपालिका र लिखु गाउँपालिकाभित्र बाढी र पहिरोबाट विस्थापित परिवारको अवस्था […]
गुरुङ सोसाइटी केन्ट यूकेको आँगनमा कौरा–चुड्का गीतको छायांकन

केन्ट, यूके । गुरुङ सोसाइटी केन्ट यूकेको इतिहासमा पहिलोपटक आफ्नै आँगनमा गुरुङ कौरा–चुड्का गीतको छायांकन सफलतापूर्वक सम्पन्न भएको छ। बेलायतको सुन्दर नगरी केन्टमा बसोबास गर्दै आएका गुरुङ समुदायको सहभागितामा गत २५ र २६ जुलाई २०२६ मा दुई दिनसम्म छायांकन गरिएको हो । गुरुङ समुदायको मौलिक भेषभूषा, कला, संस्कृति, भाषा, गीत–संगीत तथा नृत्यलाई एउटै थलोमा समेटेर […]
बेलायतमा आगामी २६ सेप्टेम्बरमा ‘काव्य–सन्ध्या’ हुने

लन्डन । बेलायतमा आगामी २६ सेप्टेम्बरमा ‘काव्य–सन्ध्या’ हुने भएको छ । बेलायतमा नेपाली साहित्यको प्रवर्द्धन तथा स्रष्टाहरूलाई सिर्जना प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले ‘साहित्य सङ्गालो’ परिवारको संयोजनमा तेस्रो शृङ्खलाअन्तर्गत ‘काव्य–सन्ध्या’ आयोजना हुने भएको छ । आयोजकका अनुसार कार्यक्रममा आठ जना नेपाली कविहरूले आफ्ना सिर्जना प्रस्तुत गर्नेछन्। कविता वाचनसँगै सहभागी कविहरूको छोटो साहित्यिक परिचय तथा […]