मगर संघ यूकेद्वारा निर्मल पुर्जा ‘निम्सदाइ’को स्मृतिमा शोकसभा सम्पन्न

लन्डन । मगर संघ यूकेले विश्वकीर्तिमानी हिमाल आरोही स्वर्गीय निर्मल पुर्जा ‘निम्सदाइ’को स्मृतिमा शोकसभा सम्पन्न गरेको छ। शोकसभा शुक्रबार १४ अगस्ट २०२६ का दिन बेलायतको फार्नबोरोस्थित मगर भवनमा सम्पन्न भएको हो। शोकसभामा स्वर्गीय निम्सदाइका साइँला दाजु कमलबहादुर पुर्जा मगर, मगर संघ युकेका अध्यक्ष लालबहादुर पुन (लालु), कार्यसमितिका पदाधिकारी, संस्थापक तथा पूर्वअध्यक्षहरू, ट्रस्टीहरू, सल्लाहकारहरूलगायत उपस्थित सम्पूर्णले […]
बेलायतमा कट्टर दक्षिणपन्थी राजनीतिज्ञ निगेल फारेजबारे छानबिन पुनः सुरु

लन्डन । बेलायतको संसदीय नैतिकता निगरानी निकायले शुक्रबार कट्टर दक्षिणपन्थी राजनीतिज्ञ निगेल फारेजलाई दिएको ५० लाख पाउण्ड (६७ लाख डलर) को उपहारसम्बन्धी छानबिन फेरि सुरु गरेको छ । यो छानबिन उनी उपनिर्वाचनमा सांसदका रूपमा पुनः निर्वाचित भएको केही घण्टापछि सुरु भएको हो । फारेजले पूर्वी इङल्याण्डको आफ्नो संसदीय क्षेत्र ‘क्लाक्टन’ सजिलै फिर्ता लिन सफल भएका […]
बीसीसी यूकेको तीनदिने पाँचौँ चिल्ड्रेन समर क्याम्प सम्पन्न

पूर्ण गुरुङ लन्डन । बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको आयोजनामा सञ्चालित तीनदिने पाँचौँ चिल्ड्रेन समर क्याम्प सम्पन्न भएको छ । गत बुधबार, १२ अगस्टदेखि सुरु भएको क्याम्प शुक्रबार सम्पन्न भएको हो । बेलायतमा रहेका नेपाली बालबालिकालाई बौद्ध धर्म, ध्यान (मेडिटेसन), योग, दैनिक पूजापाठलगायतका विषयमा जानकारी गराउने उद्देश्यले क्याम्प आयोजना गरिएको थियो । विभिन्न उमेर समूहका […]
पहिरोले घर पुरिँदा रोल्पामा तीन जनाको मृत्यु

रोल्पा । सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ८:१० बजे स्थानीय वीरु घर्ती मगरको घर पहिरोले पुरिँदा घरमा रहेका तीन जना बेपत्ता भएका थिए । घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीले खोजी तथा उद्धार कार्य अघि बढाएका थिए । खोजी गर्ने क्रममा बिहान ११:३० बजे तीनै जनाको शव फेला […]
‘तामाङ मिडिया अवार्ड–२०८३’का लागि छानिए जमुना र जगतमान [विज्ञप्तिसहित]

काठमाडौं । तामाङ पत्रकार संघले ३२औँ तामाङ प्रसारण दिवसका अवसरमा प्रदान गर्ने ‘तामाङ मिडिया अवार्ड–२०८३’का लागि दुई जना तामाङ पत्रकारलाई छनोट गरेको छ । संघीय कार्यसमितिले प्रदेश तथा जिल्ला समितिबाट प्राप्त सिफारिसका आधारमा पत्रकार संघको मापदण्डअनुसार छनोट समिति हुँदै आएको सिफारिस र संघीय सचिवालय समितिको बिहीबार बैठकको निर्णयअनुसार मकवानपुरका जमुना तामाङ र काभ्रेपलाञ्चोकका जगतमान तामाङलाई […]
बेलायतको इस्ट ससेक्समा रेल दुर्घटना, २० जना घाइते, २ को अवस्था गम्भीर

लन्डन । बेलायतको इस्ट ससेक्समा यात्रुवाहक रेल लिकबाट बाहिरिँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । लन्डन भिक्टोरियाबाट ईस्टबोर्नतर्फ जाँदै गरेको साउदर्न रेलको १४:२४ बजेको सेवा बिहीबार अपराह्न करिब ४ बजे लुइस रेलवे स्टेसननजिकै लिकबाट बाहिरिएको हो । दुर्घटनामा रेलका तीनवटा डिब्बा लिकबाट बाहिरिएर पल्टिएका थिए । रेलमा […]
साझा नेपाली समाज यूकेले ३१ अगस्टमा ‘तेस्रो यूके भजन महोत्सव-२०२६’ आयोजना गर्ने

लन्डन । साझा नेपाली समाज यूकेले ३१ अगस्टमा ‘तेस्रो यूके भजन महोत्सव-२०२६’ आयोजना गर्ने भएको छ । प्रत्येक वर्ष आयोजना गरिने साझा भजन महोत्सव नटिङघमस्थित स्पोर्ट्स पभिलियन द क्लब हाउसमा हुने भएको हो । साथमा समर २०२६ क्रिकेट टुर्नामेन्ट समापन र दोस्रो यूकेव्यापी भलिबल प्रतियोगिता रहेको कार्यक्रम संयोजक हिरा सापकोटाले जानकारी दिएका छन् । नेपाली […]
लखन थापा मगर मेमोरियल गल्फमा १३८ खेलाडी र २२ टिम भिड्दै

लन्डन। मगर संघ यूकेको आयोजनामा बेलायतमा हुन लागेको प्रथम सहिद लखन थापा मगर मेमोरियल गल्फ टुर्नामेन्ट २०२६ मा १३८ व्यक्तिगत खेलाडी र २२ टिमले प्रतिस्पर्धा गर्ने भएका छन्। प्रतियोगिता आगामी १५ अगस्ट २०२६, शनिबार मेडेनहेडस्थित बर्ड हिल्स गल्फ सेन्टरमा आयोजना हुनेछ। आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुने खेलाडीको नाम दर्ता बन्द भइसकेको छ। नेपालका प्रथम सहिद […]
रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना अझै बेपत्ता [अपडेट]

काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । पहिरोमा परी घाइते भएका दुई जनालाई उपचारका लागि बुटवल पठाइएको छ । घटनामा बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । पहिरोमा परी रोल्पामै पाँच जनाको मृत्यु भएको छ । […]
ब्रड पिकमा अस्ताएका निम्सदाइलाई अगस्ट २६ मा बेलायमा अन्तिम बिदाइ

लन्डन । पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को अगस्ट २६ मा बेलायतमा अन्त्येष्टि गरिने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले निम्सदाइको अन्त्येष्टिबारे बिहीबार सूचना जारी गरेको हो । एनआरएनए यूकेका महासचिव जुरेन्द्र खजुमले जारी गरेको सूचनाअनुसार अगस्ट २६ बुधबार बिहान १० बजे बेलायतको डोर्सेटमा पुर्जाको अन्त्येष्टि गरिनेछ […]
मगर समुदायको बस्तीमा पहिरो जाँदा रोल्पामा कम्तीमा ५ को मृत्यु, ८ जना बेपत्ता

काठमाडौं । मगर समुदायको बस्तीमा पहिरो जाँदा रोल्पामा कम्तीमा ५ को मृत्यु, ८ जना बेपत्ता भएका छन् । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा ५ जनाको मृत्यु भएको हो । नेपाल प्रहरीका अनुसार मृतक र बेपत्ताहरुको पहिचान खुलेको छ । मृत्यु हुनेहरुमा थबाङ-५ की १८ वर्षीया शान्ति पुन मगर, […]
‘जुनकिरी’ प्रदर्शनमा सहभागी हुन चलचित्र निर्देशक दीप गुरुङ, नायिकाद्वय रजनी गुरुङ र लक्ष्मी गुरुङ बेलायत आए

लन्डन । बेलायतमा हुने चलचित्र ‘जुनकिरी’ प्रदर्शनमा सहभागी हुन नेपालबाट चलचित्र निर्देशक दीप गुरुङ, नायिकाद्वय रजनी गुरुङ र लक्ष्मी गुरुङ लन्डन आएका छन् । कलाकार बिहीबार लन्डनस्थित हिथ्रो एयरपोर्ट ओर्लिएका हुन् । उनीहरूको स्वागतका लागि तमु धीं यूकेका सचिव विमल गुरूङलगायत एयरपोर्ट पुगेका थिए । नेपाली गुरुङ समुदायको ऐतिहासिक एवं मौलिक घाँटू परम्परा र संस्कृतिमा […]