तमु धीं लन्डन ब्रान्चद्वारा व्यवसायी, कलाकार र काउन्सिलरलाई सम्मान

लन्डन । तमु धीं लन्डन ब्रान्चले व्यवसायी, कलाकार र काउन्सिलरलाई सम्मान गरेको छ । ७ अगस्ट २०२६ मा एक कार्यक्रमबीच नेपालबाट बेलायत आएका विन्दवासिनी हाइड्रोपावरका निर्देशक तथा समाजसेवी ओम गुरुङ, नायक तथा गायक राजु गुरुङ, कौडा किङ दुर्गा गुरुङ, चर्चित लोकगायिका शर्मिला गुरुङ तथा काउन्सिलर लक्ष्य गुरुङलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुलाई तमु धीं […]

नेपालका लागि बेलायती राजदूत रोब फेनद्वारा गृहमन्त्री सुधन गुरुङसँग भेटवार्ता

काठमाडौं । नेपालका लागि बेलायती राजदूत रोब फेनले गृहमन्त्री सुधन गुरुङसँग भेटवार्ता गरेका छन् । फेनले दूतावासको सामाजिक सञ्जालमा लेखेका छन्, ‘गृहमन्त्री माननीय सुधन गुरुङसँग भेटेर दुई देशबीचको लामो मित्रतालाई पुनः पुष्टि गर्न पाउँदा खुसी लाग्यो । विपद् पूर्वतयारी तथा प्रतिकार्य र आधुनिक प्रहरी व्यवस्थापनका क्षेत्रमा संयुक्त प्राथमिकताबारे छलफल भयो ।’ उनका अनुसार यी क्षेत्रमा […]

विदेशमा रहेका नेपालीलाई नागरिकता दिएर नेपाल फर्काए मात्रै देश विकास हुन्छ : पुनम गुरुङ

पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङले विदेशमा रहेका नेपालीलाई नागरिकता दिएर नेपाल फर्काए मात्रै देश विकास हुने बताएकी छन् । कास्कीको पोखरा–१३, आर्वा विजयपुर पोखरीगाउँस्थित विजय आधारभूत विद्यालयमा शनिबार आयोजित क्यान्सर सचेतना एवं निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै उनले उक्त धारणा राखेका हुन् । ‘बाहिर बसेका नेपालीहरुलाई सरकारले न्याय दिइरहेको छैन […]

नेपाली कथानक चलचित्र ‘गौथली’को बेलायतमा भव्य प्रदर्शन

पूर्ण गुरुङ लण्डन, बेलायत — बालविवाहविरुद्धको सशक्त सन्देश र महिला शिक्षाको महत्त्वलाई मुख्य विषयवस्तु बनाइएको नेपाली कथानक चलचित्र ‘गौथली’ को बेलायतका विभिन्न शहरहरूमा भव्य प्रदर्शन भइरहेको छ। गत शुक्रबार (७ अगस्ट) देखि अल्डरशट लगायत बेलायतका दुई दर्जनभन्दा बढी स्थानमा चलचित्र एकसाथ प्रदर्शनमा आएको हो। बेलायतका प्रमुख शहरहरूमा दर्शकहरूको उल्लेख्य उपस्थिति र उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। […]

बेलायतमा आज आदिवासी मेला मनाइँदै, सांस्कृतिक झाँकीलगायत आकर्षण

लन्डन । बेलायतमा आज शनिबार आदिवासी मेला मनाइँदै छ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले वकिङस्थित ग्याम्बललेनमा मेला आयोजना गरेको हो । आदिवासी मेलाको सम्पूर्ण तयारी पूरा भएको नेफिन यूकेका अध्यक्ष योगेश कोयू राई जानकारी दिएका छन् । मेला ३२औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न जातजातिका एक दर्जनबढी आकर्षक […]

प्रधानमन्त्री बालेन शाहलाई सांसद मनिष झाको जवाफ : ‘महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन’

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आफूहरु सरकारकै साथमा रहेको प्रधानमन्त्री बालेन शाहलाई जवाफ फर्काएका छन् । प्रधानमन्त्री शाहले शुक्रबार राति आफू एक्लै परेको सन्देशसहितको सामाजिक सञ्जालमा स्टाटस लेखेको विषयमा सांसद झाले शनिबार सामाजिक सञ्जालबाटै जवाफ लेखेका हुन् । ‘परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी […]

बेलायतमा माया टी–१० क्रिकेट प्रतियोगितामा एभरेस्ट राइनोज च्याम्पियन

लन्डन । एभरेस्ट राइनोज यूकेले माया टी–१० क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । बेलायतको वेकम्ब हाउस क्रिकेट क्लबमा आयोजित दोस्रो संस्करणको प्रतियोगिताको फाइनलमा माया क्रिकेट क्लबलाई पराजित गर्दै एभरेस्ट राइनोज च्याम्पियन बन्न सफल भएको हो । पहिले ब्याटिङ गरेको एभरेस्ट राइनोजले ८८ रन बनाएको थियो। जवाफमा माया क्रिकेट क्लबले खेल रोकिनुअघि ५ विकेटको क्षतिमा […]

बेलायतमा तामाङ फेस्टिभल सकेर सेलो गायक विश्व दोङ लागे पोर्तुगलतर्फ

लन्डन । सेलो गायक विश्व दोङ पोर्तुगलतर्फ लागेका छन् । तामाङ समाज यूकेले १ अगस्टमा आयोजना गरेको ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’मा प्रस्तुति दिएर गायक दोङ शुक्रबार ७ अगस्टमा लिस्बोन पर्तुगलका लागि प्रस्थान गरेका हुन् । उनलाई बिदाइका लागि तामाङ समाज यूकेका पदाधिकारी लगायत एयरपोर्ट पुगेका थिए । पोर्तुगल जाँदै गर्दा सामाजिक सञ्जालमा गायक दोङले […]

नेपाली दूतावास लन्डनमा ‘सेल्फ–अवेकनिङ फर वेलनेस एन्ड प्रोस्पेरिटी’ कार्यक्रम सम्पन्न, एल. पी. भानु शर्माले के भने ?

लन्डन । लन्डनस्थित नेपाली दूतावासमा ‘सेल्फ–अवेकनिङ फर वेलनेस एन्ड प्रोस्पेरिटी’ विषयक कार्यक्रम सम्पन्न भएको छ । नेपालको आध्यात्मिक ज्ञान, वेलनेस (स्वास्थ्य–समृद्धि) र समृद्ध सांस्कृतिक सम्पदालाई विश्वमाझ परिचित गराउने उद्देश्यले ७ अगस्ट २०२६ मा उक्त कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै जीवन विज्ञानका सहसंस्थापक तथा जीवन विकास विशेषज्ञ एल. पी. भानु शर्माले नेपालले संसारलाई हिमाल […]

तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त, क-कसले पाए अवसर ? [सूची]

काठमाडौँ । नेपाल सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी चयन गरेको छ । प्रतिष्ठानका रिक्त पदाधिकारीमा नियुक्तिका लागि गठित बेग्ला बेग्लै सिफारिस समितिको सिफारिसमा आधारमा प्रधानमन्त्री वालेन्द्र शाहले ती प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा शुक्रबार यहाँ जारी प्रेस विज्ञप्तिका […]

तनहुँ समाज युकेको वार्षिक भेटघाट कार्यक्रम पुर्णरुपमा तयारी

बेलायत – तनहुँ समाज युकेको १९ औं वार्षिक भेटघाट तथा बिबिक्यू कार्यक्रम पुर्णरुपमा तयारी भएको समाजका अध्यक्ष सन्त बहादुर गुरुङले जानकारी दिएका छन्। तनहुँ समाज युकेको आयोजनामा आगामी शनिबार, ८ अगस्ट २०२६ का दिन बेलायतको अल्डरशटस्थित अल्डरवुड लेजर सेन्टर (Alderwood Leisure Centre) मा १९औँ वार्षिक भेटघाट तथा बिबिक्यु कार्यक्रम भव्य रूपमा सम्पन्न हुने भएको छ। […]

३२औँ अन्तर्राष्ट्रिय आदिवासी दिवसको तयारी पुरा

बेलायत – नेपाल आदिवासी जनजाति (नेफिन) युकेद्वारा आयोजना भैरहेको ३२औँ अन्तर्राष्ट्रिय आदिवासी फेस्टिभल फेयर २०२६ को तयारी पुरा भएको नेफिन युकेका अध्यक्ष मेजर योगेश कोयी राइले जानकारी दिएका छन्। उक्त ३२औँ अन्तर्राष्ट्रिय आदिवासी फेस्टिभल फेयर २०२६ बेलायतको वकिङस्थित किरात हाउसमा आगामी शनिबार, ०८ अगस्ट २०२६ का दिन आयोजना हुने भएको छ। “विविधताको उत्सव, परम्पराको संरक्षण, […]

error: Content is protected !!