पदभार ग्रहण गरेको दुई हप्तामै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री साहलाई हटाइयो

काठमाडौँ । नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पद हटाएका छन् । पदभार ग्रहण गरेको दुई हप्तामै प्रधानमन्त्री शाहले श्रममन्त्री साहलाई पदमुक्त गरेको प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार बिहीबार साहलाई पदबाट हटाउने निर्णय गरेका हुन् । लामो समयदेखि निष्क्रिय अवस्थामा राखिएकी […]
सोंपाल समाज यूकेको मे ३ मा वार्षिक साधारणसभा, उपस्थित हुन अध्यक्ष जगदीश गुरुङको आग्रह

लन्डन । सोंपाल समाज यूकेको आगामी मे ३ २०२६ मा वार्षिक साधारणसभा हुने भएको छ । लन्डनस्थित आर्मी रिजर्भ सेन्टर, डिन्सब्रुक रोड, एजवेयरमा आइतबार ३ मेमा साधारणसभा हुने संस्थाका अध्यक्ष जगदीश गुरुङले जानकारी दिए । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष, आमा अध्यक्ष, ट्रस्टीहरू, सल्लाहकारहरू, सातौं कार्यसमिति सदस्यहरू, युवा सदस्यहरू तथा सम्पूर्ण सदस्यहरूलाई सहभागिताका लागि आमन्त्रण गरिएको […]
चलचित्र ‘बाः एक योद्धा’मा एकसाथ देखिँदै आमा-छोरी थापा

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै चलचित्रमा देखिने भएका छन् । संगीतकारको रूपमा स्थापित हरि लम्सालको डेब्यु निर्देशन रहने चलचित्र ‘बाः एक योद्धा’मा यी चर्चित आमा–छोरीको मुख्य भूमिका रहने पक्का भएको हो । विगत दुई सातादेखि छायांकन भइरहेको यस चलचित्रको निर्माण […]
गृहमन्त्रीको मर्यादाक्रम घटुवापछि तमु धीं यूकेका पूर्वअध्यक्षले भने – ‘बर्खास्त गर्ने प्रपञ्च त होइन ?’

लन्डन । नेपालका गृहमन्त्री सुदन गुरुङको मर्यादाक्रम घटुवा गरेकोमा तमु धीं यूकेका पूर्वअध्यक्ष हरि गुरुङले चासो व्यक्त गरेका छन् । गुरुङले बुधबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै मर्यादाक्रम घटाउँदै लगेर बर्खास्त गर्न खोजिएको हो कि भन्ने आशंका व्यक्त गरेका हुन् । ‘मैले माननीय गृहमन्त्रीज्यूलाई कुनै पनि कदम चाल्दा होसियारी अपनाउनु है बाबु भनेको […]
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

संयुक्त राष्ट्रसङ्घ । लेबनानमा इजरायलद्वारा भइरहेको घातक सैन्य आक्रमणले अमेरिका–इरानबीच हालै सहमति भएको नाजुक युद्धविरामलाई गम्भीर जोखिममा पारेको भन्दै संयुक्त राष्ट्रसङ्घले तीव्र चिन्ता व्यक्त गरेको छ । द्वन्द्व थप चर्किने सङ्केत देखिएपछि कूटनीतिक प्रयासहरू कमजोर बन्दै गएको मूल्याङ्कन गरिएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्तामार्फत जारी वक्तव्यमा लेबनानमा जारी सैन्य गतिविधिले युद्धविराम मात्र […]
१३ दिनपछि छुटे अध्यक्ष ओली र नेता लेखक

काठमाडौं । प्रहरी हिरासतमा रहेका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक १३ दिनपछि रिहा भएका छन् । काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई हाजिर जमानीमा उनहरूलाई बिहीबार थुनामुक्त गरिएको हो । ओली र लेखकको परिवारले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि […]
ललितपुर र पोखरामा हतियार प्रहार गरी ३ जनाको हत्या

काठमाडौँ । ललितपुर र पोखरामा हतियार प्रहार गरी बुधबार ३ जनाको हत्या भएको छ । बुधबार अपराह्न पाटनको दरबार क्षेत्रमा छुरा प्रहारबाट गम्भीर घाइते भएका झापाका दुई युवकको मृत्यु भएको छ । स्थानीय बिएण्डबी अस्पतालमा उनीहरूको बिहीबार बिहान मृत्यु भएको हो । ललितपुर जिल्ला प्रहरी परिसरका अनुसार झापाको कमल गाउँपालिका–६ का सुमित र सृजन नेम्बाङको […]
हार्दिक बधाई तथा शुभकामना: मेजर कृष्ण गुरुङ
पोखरेली मञ्च यूकेद्वारा ‘पीपल नेपाल कप टी–२०’ र ‘नेपाल क्याम्प–२०२६’ आयोजना हुने

बिक्रम भट्टराई – लण्डन पोखरेली मञ्च यूकेले खेलकुद र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष ‘९औं पीपल नेपाल कप टी–२० क्रिकेट’ र ‘नेपाल क्याम्प–२०२६’ आयोजना गर्ने भएको छ। मञ्चले यी दुवै कार्यक्रममा सहभागी हुन बेलायतस्थित सम्पूर्ण नेपाली समुदायलाई आह्वान गरेको छ। क्रिकेट प्रतियोगिता आगामी जुलाई ५, ८ र १२ तारिखका दिन रिडिङ क्रिकेट क्लब, […]
तनहुँ समाज युकेको १९औं वार्षिक भेटघाटमा प्रेम राजा महतको विशेष प्रस्तुति हुने

महेन्द्र आले – लण्डन तनहुँ समाज युकेको गत ५ अप्रिल २०२६ आइतबार बसेको कार्यसमितिको बैठकले आफ्नो १९औं वार्षिक भेटघाट तथा बीबीक्यू (BBQ) कार्यक्रम भव्य रूपमा आयोजना गर्ने निर्णय गरेको छ। यस वर्षको कार्यक्रममा वरिष्ठ लोकगायक प्रेम राजा महत, प्रख्यात महिला फुटबल खेलाडी अस्मिता आले र सुटिङतर्फ ‘किङ्स मेडल’ विजेता कर्पोरल निश्चल थापालाई विशेष अतिथिका रूपमा […]
तनहुँ समाज यूकेको १९औँ वार्षिक भेटघाट तथा बीबीक्यू कार्यक्रम ८ अगस्टमा

लन्डन । तनहुँ समाज यूकेको १९औँ वार्षिक भेटघाट तथा बीबीक्यू कार्यक्रम आगामी ८ अगस्टमा हुने भएको छ । विभिन्न चर्चित कलाकारहरुको साथमा भेटघाट तथा बीबीक्यू कार्यक्रम हुन लागेको समाजका अध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिए । अल्डरसटस्थित अल्डरवुड लेजर सेन्टरमा हुने कार्यक्रममा लोकगायक प्रेमराजा महत, समाजका कौराहा गुरु मोहन वीर थापा र उनको टिमले लाइभ कौराहा […]
बेलायतबाट नेपाल पुगेकी साहित्यकार लिम्बु फेदेनमा कविता सुनाउँदै

लन्डन । बेलायतबाट नेपाल पुगेकी साहित्यकार शान्ति लिम्बुले फेदेनमा कविता सुनाउने भएकी छन् । याक्थुङ लेखक संघको आयोजनामा यही चैत २८ मा पाँचथरको फेदेनस्थित होटल अजि:मामा साहित्यकार लिम्बुको एकल कविता वाचन हुन लागेको हो । उनले ‘थेम्सको लहरमा तमोरको स्पर्श’ शीर्षकमा कविता वाचन गर्नेछिन् । पाँचथर समाज सेवा यूकेकी पूर्वअध्यक्षसमेत रहेकी शान्तिले सम्पूर्ण स्रस्टाहरु एवं […]