म्याग्दीका नरमाया घर्तीको जीवनमा पीडाको पुनरावृत्तिः श्रीमानपछि छोरा पनि बेपत्ता

म्याग्दी । बीस वर्षअघि तीन दिनकी सुत्केरी हुँदा श्रीमान बेपत्ता भएको पीडा भोगेकी म्याग्दीको मालिका गाउँपालिका–४ छापकी ४५ वर्षीया नरमाया घर्तीको जीवन फेरि अँध्यारिएको छ । नाकको गम्भीर स्वास्थ्य समस्या झेलिरहेकी नरमायाका २३ वर्षीय छोरा भुपेन्द्र रेग्मी भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएपछि छोराको खोजी र आफ्नै उपचारको दोहोरो पीडामा पर्नुभएको […]
काङमाङ नरेश राई : ब्रिटिस गोर्खा आर्मीदेखि साहित्यसम्म

भोजपुरको टेम्के मैयुङ गाउँपालिका–४, नागीमा जन्मिएका नरेश मणि राई साहित्यमा भने काङमाङ नरेश राई नामले परिचित छन् । कृष्ण कुमारी राई र कृष्णबहादुर राईका छोरा काङमाङ नरेश राईको साहित्यिक यात्रा २०४५ सालदेखि सुरु भएको हो । कविता लेखनबाट अघि बढेको उनको साहित्यिक यात्रामा कविता, कथा, युद्ध साहित्य र सम्पादनका विभिन्न काम जोडिएका छन् । सन् […]
एनआरएनएको राहत अभियान १८ औँ दिन : कुन-कुन ठाउँमा बाडियो ?

काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गतका गतिविधिहरू आइतबार १८ औँ दिनमा पनि निरन्तर जारी रह्यो। रसुवा गोसाइँकुण्ड गाउँपालिका–१ का प्रभावितका लागि राहत हस्तान्तरण एनआरएनएले गोसाइँकुण्ड गाउँपालिका–१ का बाढी तथा पहिरो प्रभावित परिवारका लागि राहत सामग्री […]
मगर महिला संघ युकेले २९ औं स्थापना दिवस भब्य रुपले मनाए

वेलायत – मगर महिला संघ युकेले आफ्नो २९औं स्थापना दिवस २०२६ सेप्टेम्बर १३ आइतबारका दिन बेलायतको अल्डरसटस्थित ‘द प्यालेस रेस्टुरेन्ट’मा भव्य रूपमा मनाएको छ। कार्यक्रमको पहिलो चरणमा सुरक्षासम्बन्धी जानकारी, आसनग्रहण, दीप प्रज्वलन र राष्ट्रिय गीत गाइएको थियो। त्यसपछि विश्वकीर्तिमानी हिमाल आरोही स्वर्गीय निर्मल पुर्जा, वर्षभरि दिवंगत भएका मगर समुदायका व्यक्तिहरू तथा भोटेकोशी बाढीका दिवंगत आत्माहरूको […]
बेलायत सरकार र भूतपूर्व गोर्खाहरूको वार्ता सकारात्मक रूपमा अघि बढ्दै

बेलायत – बेलायत सरकार र भूतपूर्व गोर्खा प्रतिनिधिहरूबीचको वार्ता सकारात्मक रूपमा अघि बढ्ने संकेत देखिएको छ। बेलायती मन्त्रिपरिषदमा भएको फेरबदलका कारण केही समय स्थगित जस्तो देखिए पनि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको निरन्तर प्रयासले वार्ताले पुनः गति लिएको छ। औपचारिक रूपमा ‘वार्ता’ भनी सम्बोधन नगरिए पनि आउँदो सोमबार, १४ सेप्टेम्बर २०२६ का दिन साँझ […]
सञ्चारकर्मीहरु शान्ति गुरुङ र पञ्च सुब्बा गुरुङ पोखरामा पुरस्कृत

पोखरा । सञ्चारकर्मी एवं सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक कार्यालय गण्डकी प्रदेश पोखराकी प्रमुख शान्ति गुरुङ र सञ्चारकर्मी पञ्च सुब्बा गुरुङ पुरस्कृत भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपाल, कास्की शाखाको ७औँ साधारणसभा, चौथो अधिवेशन तथा सम्मान कार्यक्रममा आइतबार तमु पत्रकारिता पुरस्कार–२०८३ बाट शान्ति गुरुङ र मिलन पत्रकारिता पुरस्कार–२०८३ बाट पञ्च सुब्बा गुरुङ […]
मनोक्रान्ति-विकासानन्द फाउन्डेशन विश्व परिवारले दियो बाढीपीडितका लागि ३० लाख

काठमाडौं । मनोक्रान्ति-विकासानन्द फाउन्डेशन विश्व परिवारले भोटेकोशी बाढीबाट प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा ३० लाख रुपैयाँ सहयोग गरेको छ । मनोक्रान्ति अभियानका डा. योगी विकाशानन्द, रेकी दिक्षा प्रशिक्षक कमलेश्वरी, विकासानन्द फाउन्डेशन विश्व परिवारका केन्द्रीय सचिव क्वान्टम सम्बुद्ध श्रेष्ठसहितका प्रतिनिधिमण्डल आइतबार भदौ २८ गते सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो […]
विन्चेस्टर नेप्लिज भलिबल क्लबले बिबीक्यू पार्टीको आयोजना गर्ने

लन्डन – विन्चेस्टर नेप्लिज भलिबल क्लबको आयोजनामा आगामी शनिबार, १९ सेप्टेम्बर २०२६ का दिन हाईब्रिज फार्म, इस्लीमा ‘बिबीक्यू पार्टी’ सम्पन्न हुने भएको छ। कार्यक्रममा उपस्थितिका लागि मध्याह्न १२:०० बजे सम्पूर्ण भलिवल खेलप्रेमी तथा महानुभावहरूमा हार्दिक निमन्त्रणा गरिएको छ। क्लबले खेलकुदसँगै आपसी सद्भाव र मनोरञ्जनको उद्देश्यसहित उक्त कार्यक्रम आयोजना गर्न लागेको कलबको प्रशिक्षक झक पुनले जानाकारी […]
थकाली कल्याण समाज यूकेद्वारा नेपालका बाढीपीडितहरु १० लाख सहयोग

लन्डन । थकाली कल्याण समाज यूकेले नेपालका बाढीपीडितहरु १० लाख रुपैयाँ सहयोग गरेको छ । सहयोग रकमको चेक शनिबार विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई थकाली कल्याण समाज यूकेका उपाध्यक्ष केशर शेरचन, सल्लाहकार टंका तुलाचन तथा सदस्य नगेन्द्र गौचनले हस्तान्तरण गरेका हुन् । उक्त चेक प्रधानमन्त्री राहत कोषमा सोमबार जम्मा गरिने मन्त्री पुनले बताए । […]
तमु लाम परिवार युकेको अध्यक्षमा रामचन्द्र गुरुङ (सुर्य) निर्वाचित

बेलायत – तमु लम परिवार यूकेको वार्षिक साधारण सभा तथा प्रथम महाधिवेशन हिजो शनिबार, १२ सेप्टेम्बर २०२६ को दि बेलायतको अल्डरसटस्थित एम्पायर हलमा भव्यताका साथ सम्पन्न भएको छ। महाधिवेशनले संस्थाको आगामी नेतृत्व चयन गर्दै रामचन्द्र गुरुङलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ। त्यस्तै, चेलीबेटी तथा आमा समूहको प्रमुखमा बिनु गुरुङ निर्वाचित हुनुभएको छ। नवनिर्वाचित अध्यक्ष […]
बेलायतमा ‘राजेन्द्र केरुङ एकल साँझ २०२६’ आयोजना हुने

बेलायत – लिम्बू तथा नेपाली सङ्गीत क्षेत्रमा विगत १५ वर्षदेखि सक्रिय गायक, सङ्गीतकार तथा सञ्चारकर्मी राजेन्द्र केरुङको एकल साँभ बेलायतमा हुने भएको छ। ‘राजेन्द्र केरुङ एकल साँझ २०२६’ आगामी सनिवार ३ अक्टोबर २०२६ का दिन आयोजना हुने भएको हो। किरात धर्म तथा साहित्य उत्थान संघ, प्रवासी समिति युकेको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो। बेलायतको […]
तमु धीं यूकेका चार सदस्यले पूरा गरे बाढीपीडित सहयोगार्थ १०० किमि ‘ट्रेल वाक’

लन्डन । गोर्खा वेलफेयर ट्रस्ट यूकेद्वारा आयोजित १०० किलोमिटरको च्यारिटी ‘ट्रेल वाक–२०२६’मा सहभागी तमु धीं यूकेका चार सदस्यले चुनौतीपूर्ण यात्रा सफलतापूर्वक पूरा गरेका छन्। सेप्टेम्बर १२ र १३ गते सम्पन्न ‘ट्रेल वाकर–२०२६’मा तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङ, ट्रेल वाकर तथा संयोजक शान्तकुमार गुरुङ, क्याप्टेन लक्ष्य गुरुङ र तर्कजंग गुरुङ सहभागी भएका थिए। समस्यामा परेका […]