नेपाली मूलका दिपेश सापकोटाको कप्तानीमा क्यारिङटनले जित्यो अन्डर-१५ राष्ट्रिय उपाधि

लन्डन । क्रिकेटको प्रतिष्ठित मैदान लर्ड्समा नेपाली मूलका १५ वर्षीय दिपेश सापकोटाको कप्तानीमा क्यारिङटन क्रिकेट क्लबले ईसीबी भाइटिलिटी अन्डर–१५ क्लब नेशनल कपको उपाधि जितेको छ। शुक्रबार भएको फाइनलमा क्यारिङटनले ६४ रनको सामान्य योगफल बनाए पनि दिपेशको उत्कृष्ट बलिङ र फिल्डिङले टोलीलाई जित दिलायो । उनले ४ ओभरमा २ मेडनसहित मात्र ५ रन खर्चेर २ विकेट […]

बाढी पीडितका लागि सहयोग जुटाउन बेलायतस्थित नेपाली दूतावासले खोल्यो बैंक खाता

लन्डन । भोटेकोशी नदीमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत, पुनर्स्थापना तथा दीर्घकालीन पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउन लन्डनस्थित नेपाली दूतावासले छुट्टै बैंक खाता खोलेको छ । यस विपत्तिको घडीमा बेलायतमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय, परोपकारी संस्था, व्यवसायी, नेपालका मित्र तथा शुभेच्छुकहरूलाई मानवीय सहयोग प्रदान गर्न दूतावासले हार्दिक अपिल गरेको […]

चलचित्र ‘पेन्सन पट्टा’ बेलायतमा भव्य प्रदर्शन

बेलायत – चलचित्र ‘पेन्सन पट्टा’ बेलायतको अल्डरसटस्थित प्रिन्सेस हलमा शनिबार भव्य रूपमा प्रदर्शन गरिएको छ। भूतपूर्व गोर्खा सैनिकहरूको जीवनीमा आधारित यस सामाजिक चलचित्रले खचाखच दर्शक पाएको छ। प्रिन्सेस हलमा हजारभन्दा बढी दर्शकको हाउसफुल भएको थियो। सिट अभाव भएपछि कतिपय दर्शक फर्किन बाध्य भएको आयोजकले जनाएका छन्। चलचित्रले भूतपूर्व गोर्खा र उनीहरूका परिवारले भोग्नुपरेका दुःख, पीडाका […]

तामाङ समाज यूकेद्वारा बाढीपीडितका लागि ११ लाख २१ हजारभन्दा बढी सहयोग [नामावलीसहित]

लन्डन । तामाङ समाज यूकेले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ११ लाख २१ हजार रुपैयाँभन्दा बढी सहयोग नेपाल पठाएको छ। समाजले बेलायतमा सञ्चालन गरेको राहत अभियानबाट संकलित ५ हजार ४४८ पाउन्ड अर्थात् ११ लाख २१ हजार ५७९ रुपैयाँ ७६ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको समाजका महासचिव रोज […]

वोकिङ नेपाली समाज सेवा यूकेद्वारा नेपालका बाढीपीडितलाई ४ लाख ५० हजार ९९३ रुपैयाँ

लन्डन । वोकिङ नेपाली समाज सेवा यूकेले नेपालका बाढीपीडितका लागि २ हजार १८३ पाउन्ड १४ पेन्स (४ लाख ५० हजार ९९३ नेपाली रुपैयाँ) सहयोग गरेको छ। समाजले तीज कार्यक्रमबाट बचत भएको रकम तथा अन्य माध्यमबाट संकलित राहत रकमलाई एकत्रित गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै पठाएको हो। समाजका अध्यक्ष रामबहादुर देउसालीले शुक्रबार फेसबुक पेजबाट […]

धादिङ–नुवाकोट समाज यूकेद्वारा नेपालका बाढी प्रभावितका लागि २३ लाखभन्दा बढी संकलन

लन्डन । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि धादिङ–नुवाकोट समाज यूकेले सञ्चालन गरेको बाढी राहत कोष अभियानमा २३ लाखभन्दा बढी संकलन भएको छ । बाढी राहतका लागि शुक्रबारसम्म ११ हजार २६६ (नेपाली रुपैयाँ २३ लाखभन्दा बढी) संकलन भएको धादिङ-नुवाकोट समाज यूकेले जानकारी दिएको छ । समाजले सहयोग गर्ने सम्पूर्ण दाताहरूप्रति हार्दिक आभार व्यक्त […]

सार्दिखोला समाज यूकेद्वारा बाढीपहिरो पीडितका लागि ६ लाख ६३ हजार सहयोग

लन्डन । सार्दिखोला समाज यूकेद्वारा नेपालका बाढीपहिरो पीडितका लागि ६ लाख ६३ हजार ९३ रुपैयाँ सहयोग गरेको छ । बेलायतमा संकलन गरिएको ३ हजार ३ सय १५ पाउन्ड प्रधानमन्त्री दैवी प्रकोष उद्धार कोषमा शुक्रबार ११ सेप्टेम्बरमा जम्मा गरेको समाजले जनाएको छ । समाजका तर्फबाट आफ्नो जन्मभूमि तथा गाउँठाउँप्रतिको माया र विपद्मा परेका नागरिकप्रतिको संवेदनाका साथ […]

‘९औं मगर गट ट्यालेन्ट’ भव्य रूपमा आयोजना हुने, तयारी तीव्र

बेलायत – मगर युवा सङ्घ युके केन्द्रीय समितिको आयोजनामा बेलायतमा ९औं संस्करणको ‘मगर गट ट्यालेन्ट’ भव्य रूपमा सम्पन्न हुने भएको छ। नेपाली कला, संस्कृति र युवाहरूको छिपेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस बृहत् सांस्कृतिक तथा प्रतिस्पर्धात्मक कार्यक्रमको तयारी तीव्र पारिएको छ। आगामी सेप्टेम्बर १९ शनिबारका दिन बेलायतको फेल्थामस्थित ब्रोवेल लेनस्थित स्प्रिङवेस्ट एकाडमीमा […]

गोर्खाली रेडियोको अध्यक्षमा क्याप्टेन हितमान गुरुङ

पोखरा । गोर्खा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गोर्खाली रेडियो १०६ मेगाहर्जको अध्यक्षमा क्या. हितमान गुरुङ सर्वसम्मत चयन भएका छन् । रेडियोको १६औँ साधारणसभा तथा छैटौँ अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा चन्द्रवती गुरुङ, सचिवमा सुबेदार इन्द्रबहादुर गुरुङ, सहसचिवमा सुबेदार धीरबहादुर गुरुङ, कोषाध्यक्षमा क्या. दानबहादुर थापा र सहकोषाध्यक्षमा खकीमाया […]

बाढीपीडितका लागि तमुधिं नेपालले लाखौं उठायो, क-कसले कति दिए ? [रकमसहित]

काठमाडौं । भोटेकोशी बाढीपीडित/प्रभावित उद्धार, राहत , पुनर्स्थापनाका लागि तमु धिं नेपालले राहत संकलन अभियान चलाएको छ । अध्यक्ष हुमबहादुर गुरुङका अनुसार अभियानमा संघसंस्था तथा व्यक्तिहरुले धमाधम सहयोग गरिरहेका छन् । भदौ २७ गते शनिबारसम्म बाढीपीडित राहत संकलन गरिने तमु धिं नेपालले जनाएको छ । रिभान चौर नाथु प्रल्हाद ङेह्रो पैंगीलामा परिवार समिति : ५,००,९१२/८८ […]

नेपाल सबैका लागि खुला छ : बेलायती राजदूत फेन

काठमाडौं । नेपालका लागि बेलायती राजदूत रोब फेनले नेपालको पर्यटनलाई सबैका लागि पहुँचयोग्य बनाउनुपर्ने बताएका छन् । ग्लोबल कम्प्याक्ट नेपाल र बेलायती टेलिभिजन प्रस्तोता, यात्रा लेखक तथा अपांगता अधिकार अभियन्ता सोफी मोर्गनसँग शुक्रबार भएको छलफलमा राजदूत फेनले पहुँचयोग्य पर्यटनबारे कुराकानी गरेका हुन् । नेपालको पर्यटनलाई सबैका लागि पहुँचयोग्य बनाउनु समावेशिताको विषय मात्र नभई नयाँ पर्यटकलाई […]

तमु समाज यूकेको १९औँ स्थापना दिवस अक्टोबर ३ मा (यस्तो छ, संस्थाको इतिहास)

लन्डन । तमु समाज यूकेले आफ्नो १९औँ स्थापना दिवस तथा २०औँ वर्ष प्रवेश समारोह आयोजना गर्ने भएको छ। सन् २००७ मा स्थापना भएको तमु समाज यूकेले १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको अवसरमा विशेष समारोह आयोजना गर्न लागेको हो। संस्थाले समारोहमा सम्पूर्ण सदस्य, शुभेच्छुक तथा समुदायका प्रतिनिधिहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ। […]

error: Content is protected !!