प्रमुख समाचार

सांसद पद गएका चार मन्त्रीले पुन: लिए शपथ

काठमाडौं चैत २७ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शुक्रबार नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियक्त मन्त्रीहरु ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु

वेलायतकी महारानी एलिजाबेथका श्रीमान राजकुमार फिलिपको निधन

वेलायत चैत २७ । वेलायतकी महारानी एलिजाबेथका श्रीमान राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । बेलायतको राजदरबारले शुक्रबार विज्ञप्तिमार्फत उक्त घटनाबारे जानकारी दिएको हो । महारानीले गहिरो दुखका साथ आफ्ना प्रिय पतिको निधनको

राष्ट्रपतिबाट विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन

प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी) विभूषण ग्रहणपछि समाजसेवी एवं कलाकार जसु (जसमाया) गुरुङ ।  काठमाडौं चैत २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका महानुभावलाई शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार

माओवादी केन्द्रका चारजना सांसदको पद खारेज

काठमाठडौं चैत २६ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसमा सदस्य रहेका चार सदस्य सांसदको पद खारेज भएको छ । खारेजसँगै चार तीन जिल्लाका चार वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व रहेको स्थान रिक्त भएको छ ।

कोरोना संक्रमण बढेको भन्दै रात्रिकालीन व्यवसाय बन्द गर्न सरकारको आग्रह

काठमाडौं चैत २५ । पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर बढ्न थालेपछि सरकारले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेण्टहरू राति ९ बजेदेखि बन्द गर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सूचना जारी गर्दै कोरोनाको नयाँ

बेलायत निवासी गौमाया गुरुङ नेपाली फिल्म ‘कबड्डी ४’ मा अनुबन्ध

लण्डन चैत २५ । नेपाली फिल्म ‘कबड्डी ४’ मा बेलायत निवासी गौमाया गुरुङ यात्री अनुवन्ध भएकी छिन् । ‘मिस यूके नेपाल–२०११’ गौमाया लन्डनकै अर्की उदयीमान नायिका मिरुना मगरका साथ उक्त फिल्ममा अनुवन्ध भएको गौमायाले जनाइन्

बेलायतमा कोरोनाविरुद्धको तेस्रो खोप वितरण शुरु

बेलायत चैत २५ ।   बेलायतमा कोरोनाविरुद्धको तेस्रो खोप वितरण शुरु भएको छ । यसअघि फाइजर बायोनटेक र अक्सफोर्ड एक्सट्राजेनेका खोपको वितरण भइरहेको बेलायतमा अमेरिकी कम्पनीद्धारा उत्पादित ‘मोडर्ना’ खोप बुधबारदेखि वेल्समा वितरण गर्न थालिएको हो

नेपालभर आज पत्रकार महासङ्घको निर्वाचन

काठमाडौं चैत २५। नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज बुधबार एकसाथ हुँदैछ । पत्रकार महासङ्घ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक

घान्द्रुक समाज यूकेको अध्यक्षमा नारायण सिंह गुरुङ निर्वाचित

लन्डन चैत २५ । घान्द्रुक समाज यूकेको अध्यक्षमा नारायण सिंह गुरुङ चयन भएका छन् । ५ अप्रिल २०२१ सोमबार जुममार्फत भएको अधिवेशनले नारायण सिंहको अध्यक्षतामा छैटौं कार्यसमिति चयन गरेको हो । अध्यक्ष :- नारायण सिंह

एमाले प्रवेश गरेका चार सांसदलाई माओवादी केन्द्रको कारवाही

काठमाडौं चैत २४ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका चार सांसदलाई कारवाही गरेको छ । प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीलाई पार्टीको साधारण सदस्य नरहने गरी

गायक दिपेन्द्र गुरुङको कौरा गीत ‘लाउँकी पिरती’ सार्वजनिक

काठमाडौं चैत २४ । गायक दिपेन्द्र गुरुङको कौरा गीत ‘लाउँकी पिरती’ सार्वजनिक भएको हो । गणेश गुरुङ, दिपेन्द्र गुरुङ निता गुरुङ र भीमु गुरुङको स्वरमा रहेको गीत ‘लाउँकी पिरती’मा सहगायनको रुपमा तेजेन्द्र दुरा, शित्तल दूरा,

देशका विभिन्न समस्याबारे सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरूले देशका विभिन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसद भरतकुमार साहले प्रधानमन्त्रीले बालुवाटारमा बसेर कुनै तयारी र डिजाइन नै नभएका एक सय ६५ वटा सडकको शुभारम्भ गरेको भन्दै

error: Content is protected !!