अल्डरशटमा ‘श्री लकी ज्वेलरी’ ग्रुपको तेस्रो शाखाको भव्य उद्घाटन हुने

बेलायत – बेलायतमा ख्यातिप्राप्त ज्वेलरी कम्पनी ‘श्री लकी ज्वेलरी ग्रुप’ले आफ्नो तेस्रो शाखाको नयाँ शोरूम “बेलायतको मिनी नेपाल” भनिने अल्डरसट शहरमा सञ्चालनमा ल्याउने भएको छ। यस ग्रुपको पहिलो शाखा पनि अल्डरसट शहरमै सञ्चालित छ भने दोस्रो शाखा ननिटन शहरमा सञ्चालित रहेको छ।श्री लकी ज्वेलरी ग्रुपका प्रबन्ध निर्देशक मेजर योगेश कोयी राईले दिएको जानकारी अनुसार आगामी […]

नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा दुई पदाधिकारी र एक केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतिमा पुष्पा भुसाल र केन्द्रीय सदस्य महिला (काठमाडौँ उपत्यका)तर्फ डा अमिता प्रधान शाक्य निर्वाचित भएको जानकारी दिए ।

भोटेकोशी विपत्तिमा सीएनसीबीजीको साथ, २८ लाख ९८ हजार सहयोग

लन्डन । ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) ले नेपालका बाढीपीडितका लागि २८ लाख ९८ हजार रुपैयाँभन्दा सहयोग गरेको छ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी बुधबार २८ लाख ९८ हजार ६७९ रुपैयाँको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण […]

क्विन्स गोर्खा सिग्नल एसोसिएसन युकेद्वारा पल्टनको ७७औं जन्मोत्सव भव्य रूपमा सम्पन्न

मेजर कृष्ण गुरुङ – बेलायत। शनिबार २६ सेप्टेम्वर २०२६ का दिन क्विन्स गोर्खा सिग्नल एसोसिएसन युकेले आफ्नो पल्टनको ७७औं जन्मोत्सव बेलायतको अल्डरसट शहरको अम्पायर हलमा भव्यतासाथ मनाएको छ। बेलायतले सन् १९४७ मा भारतलाई आफ्नो शासकीय अधिकार हस्तान्तरण (स्वतन्त्र भारत) गरेपछि चारवटा गोर्खा बटालियनसहित भारत छाडेको थियो। सुरुमा सबै गोर्खा बटालियनहरू मलेसियामा स्थानान्तरण गरिएका थिए। बेलायती […]

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र बेलायती सेनाका प्रमुख वाकरबीच भेट

लन्डन । नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलले बेलायती सेनाका प्रमुख रोली वाकरसँग शिष्टाचार भेट गरेका छन्। बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति सिग्देलले असोज २१ गते बुधबार बेलायती सेनाको मुख्यालय भ्रमणका क्रममा जनरल वाकरसँग भेट गरेका हुन् । भेटका क्रममा दुई देशका सेनाबीचको सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको […]

बेलायतमा तमु कलाकार सांस्कृतिक मञ्च यूकेको बैठक, रोधीं साँझ-२०२७ लगायत विषयमा छलफल

लन्डन । तमु कलाकार सांस्कृतिक मञ्च यूकेको पाँचौँ कार्यसमिति तथा सल्लाहकार र सदस्यहरूको संयुक्त बैठक रोधीं साँझ-२०२७ को तयारीसहित विभिन्न विषयमा छलफल गर्दै सम्पन्न भएको छ । अक्टोबर ४, २०२६ आइतबारका दिन बर्न्ट ओक नेपाली कम्युनिटी सेन्टरमा संस्थाका अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा बैठक बसेको हो । बैठकको पहिलो चरणमा रोधीं साँझ-२०२७ को तयारी तथा संस्थाका […]

ऐहासिक गुरुङ चलचित्र ‘पजे गोरे’ १९ अक्टोबरमा हङकङमा प्रदर्शन हुँदै

लन्डन । ऐहासिक गुरुङ चलचित्र पजे गोरे (गोरे बाजे) १९ अक्टोबर २०२६ मा हङकङमा प्रदर्शन हुँदैछ । याउ मा तेइ कम्युनिटी हलमा साँझ ६ बजेदेखि गोरे बाजे प्रदर्शन हुने आयोजकले जनाएको छ । हिमाल, माटो, मौलिकता र नेपाली समाजको कथा बोकेको चलचित्र गोरे बाजेको लेखन तथा निर्देशन गौरे गुरुङले गरेका हुन् । गुरुङ संस्कृतिमा आधारित […]

शान्ति नेपाली समाज बेलायतको अध्यक्षमा राजेशमणि लामिछाने

लन्डन । शान्ति नेपाली समाज बेलायतको अध्यक्षमा राजेशमणि लामिछाने सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार सम्पन्न समाजको आठौँ अधिवेशनले लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। अध्यक्षमा निर्वाचित लामिछाने यसअघि संस्थाको महासचिव थिए। नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ। नयाँ कार्यसमितिको उपाध्यक्षमा निशेन्तमान बज्राचार्य र पार्वती भण्डारी, महासचिवमा शशांक शर्मा, सचिवमा डीआर पराजुली, कोषाध्यक्षमा सुशीला […]

एनआरएनएले दशौँ राष्ट्रिय खेलकुदमा भाग लिने, खेलाडी छनोट प्रक्रिया अघि बढाइने

काठमाडौं । आगामी डिसेम्बर २ देखि १३ (२०८३ मङ्सिर १६ देखि २७) सम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सहभागिता जनाउने भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षतामा बसेको भर्चुअल बैठकले विदेशमा बसोबास गर्ने प्रतिभावान् नेपाली खेलाडीलाई प्रतियोगितामा सहभागी गराउन खेलाडी […]

चलचित्र ‘तारा’ १८ अक्टोबरमा बेलायतमा प्रदर्शन हुने, सहभागी हुन आयोजकको आग्रह

लन्डन । सिक्किमकी अभिनेत्री तथा निर्माता श्यामा श्री शेर्पा अभिनीत नेपाली भाषाको चलचित्र ‘तारा’ (द लस्ट स्टार) बेलायतमा प्रदर्शन हुने भएको छ। चलचित्र यही १८ अक्टोबर २०२६, आइतबार बिहान ११ बजे अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन गरिने भएको हो। चलचित्र प्रदर्शनका अवसरमा अभिनेत्री तथा निर्माता शेर्पाको विशेष उपस्थिति रहनेछ। सिक्किमबाट नेपाली भाषाको चलचित्र क्षेत्रमा सक्रिय शेर्पाले […]

नेपालमा दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै रु १०० का नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट रु १०० का नोट पनि वितरण गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता […]

समीक्षा : ‘खाम्योक’ भित्र संघर्ष, चेतना र परिवर्तनको छटपटी

धेरै पहिला मेक्सिम गोर्कीको प्रसिद्ध उपन्यास ‘आमा’ पढेको थिएँ। अहिले सम्झँदा त्यसका पेलागेया, पाभेल, एन्ड्रे आदि पात्रहरू आँखाअगाडि आउँछन् । कारखानाका मजदुरहरूको न्यून ज्याला, कठिन काम, अपमान र असुरक्षित जीवनमार्फत तत्कालीन रुसी समाजमा रहेको वर्गीय शोषणलाई गोर्कीले निकै जीवन्त ढंगले प्रस्तुत गरेका छन्। त्यससँगै राजनीतिक चेतनाको विकास, संगठन निर्माण र सामूहिक संघर्ष, महिला जागरण तथा […]

error: Content is protected !!