एनआरएनएको राहत अभियान २३ औँ दिन पुग्यो, स्वास्थ्य शिविरमा १० औँ दिनसम्म ७ सयले लिए सेवा

काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गतका गतिविधिहरू शुक्रबार २३ औँ दिनमा पनि निरन्तर जारी रह्यो । एनआरएनएले राहत वितरण तथा स्वास्थ्य शिविरलाई विभिन्न प्रभावित क्षेत्रमा निरन्तरता दिँदै आएको छ । बाढी प्रभावितका लागि स्वास्थ्य शिविर : […]

शीतल गुरुङ र शान्तिश्री परियारको स्वरमा नयाँ गीत ‘यूके बस्ने ङोलो’ सार्वजनिक

लन्डन । बेलायतमा बसोबास गर्ने नेपालीको जीवनशैली, भोगाइ र परिवेशलाई समेटिएको नयाँ गीत ‘यूके बस्ने ङोलो’ सार्वजनिक भएको छ । गीतको अडियो तथा भिडियो दीप गुरुङ अफिसियल युट्युब च्यानलमार्फत १८ सेप्टेम्बर २०२६ मा सार्वजनिक गरिएको हो । शीतल गुरुङ र शान्तिश्री परियारको स्वर रहेको गीतमा सीताराम परियारको शब्द तथा शीतल गुरुङकै संगीत रहेको छ । […]

अन्तर्राष्ट्रिय नेपाली मञ्च यूकेको छैटौँ राष्ट्रिय अधिवेशन ३ अक्टोबरमा, पूर्वअर्थमन्त्री वर्षमान पुन आउँदै

लन्डन । अन्तर्राष्ट्रिय नेपाली मञ्च यूकेको छैटौँ राष्ट्रिय अधिवेशन आगामी ३ अक्टोबर २०२६ मा लन्डनमा आयोजना हुने भएको छ। अधिवेशन अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा हुने अधिवेशनमा नेपाली कम्युनिस्ट पार्टीका संगठन विभाग प्रमुख वर्षमान पुन ‘अनन्त’ प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ । पूर्वअर्थमन्त्री पुन २ अक्टोबरमा बेलायत आइपुग्नेछन् । नेपाली जनप्रगतिशील मञ्च यूके, प्रवासी […]

बेलायतमा सृजनशील नेपाली समाज यूकेले आयोजना गर्दै ‘नेपाली दोहोरी नाइट’, विष्णु खत्री र मञ्जु बिकको विशेष प्रस्तुति

लन्डन :नेपाली लोकदोहोरीका चर्चित गायक विष्णु खत्री र गायिका मञ्जु बिकको विशेष सांगीतिक प्रस्तुतिसहित बेलायतमा ‘नेपाली दोहोरी नाइट’ आयोजना हुने भएको छ। सृजनशील नेपाली समाज यूकेले यही सेप्टेम्बर २५ मा नेपाली लोकसंगीत र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हो। बेलायतको अल्डरसट भिक्टोरिया रोडस्थित डि लाउन्जमा आयोजना हुने कार्यक्रम साँझ ७ […]

को हुन् बेलायतका लागि प्रस्तावित राजदूत गौरव शमशेर जंगबहादुर राणा?

लन्डन । बेलायतका लागि नेपाली राजदूतमा प्रस्तावित पूर्वप्रधानसेनापति गौरव शमशेर जंगबहादुर राणा नेपाली सेनामा चार दशकभन्दा बढी सेवा गरेका विशिष्ट सैन्य नेता तथा रणनीतिकारका रूपमा चिनिन्छन्। राणाले सन् २०१२ देखि २०१५ सम्म नेपाली सेनाको प्रधानसेनापतिका रूपमा नेतृत्व गरेका थिए। नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरणको महत्वपूर्ण समयमा सेनाको नेतृत्व गरेका उनले विस्तृत शान्ति सम्झौताअनुसार पूर्वमाओवादी लडाकुलाई […]

बेलायतका लागि गौरवशमशेर जबरा नेपाली राजदूतमा सिफारिस

काठमाडौं । नेपाल सरकारले बेलायतका लागि गौरवशमशेर जबरा नेपाली राजदूतमा सिफारिस सिफारिस गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले बेलायतसहित भारत, चीन, अमेरिकालगायत देशका लागि नेपाली राजदूत सिफारिस गरेको हो । मन्त्रिपरिषद्ले सिफारिस गरेका नामहरू अब संसदीय सुनुवाइ समितिमा जानेछन्। समितिबाट अनुमोदन भएपछि सम्बन्धित मुलुकबाट एग्रिमो अर्थात् सहमति प्राप्त गर्नुपर्नेछ। त्यसपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक […]

पहिचान पुरस्कारको सर्टलिस्ट सार्वजनिक, कुन स्रष्टाका कुन पुस्तक ? [विवरणसहित]

लन्डन । प्रत्येक वर्ष प्रदान हुँदै आएको पहिचान पुरस्कार कोषले वि.सं. २०८१ र २०८२ का लागि उत्कृष्ट कृतिहरूको सर्टलिस्ट सार्वजनिक गरेको छ। कोषमा दर्ता भएका कृतिहरूमध्येबाट दुवै वर्षका लागि ८–८ वटा उत्कृष्ट कृति छनोट गरिएको हो। वि.सं. २०८१ मा प्रकाशित भई कोषमा दर्ता भएका कृतिहरूमध्येबाट छनोट गरिएका उत्कृष्ट ८ कृति निम्न छन्— १. कोइलाखाद — […]

बेलायतमा डा.हर्क गुरुङ तथा डा.चन्द्र गुरुङ स्मृति दिवस मनाइँदै

लन्डन । तमु धीं यूकेले यही २० सेप्टेम्बरमा संरक्षणविद् तथा भूगोलविद् डा.हर्क गुरुङ तथा संरक्षणविद् तथा प्रकृति संरक्षणका अगुवा डा.चन्द्र गुरुङ स्मृति दिवस मनाउँदैछ । हरेक वर्ष मनाउँदै आइरहेको डा.हर्क गुरुङ तथा डा.चन्द्र गुरुङ स्मृति दिवस मिचेटस्थित तमु धीं यूकेको भवनमा एक कार्यक्रमबीच मनाउन लागिएको कार्यक्रम संयोजकसमेत रहेका तमु धीं यूकेका सचिव बिमल गुरुङले जानकारी […]

व्यवसायी दाजुभाइ विष्णु र गोकुल खरेलले बेलायतबाट पठाए २० लाख ११ हजार ५४० रुपैयाँ सहयोग

लन्डन । व्यवसायी दाजुभाइ विष्णु र गोकुल खरेलले बेलायतबाट २० लाख ११ हजार ५४० रुपैयाँ सहयोग नेपालका बाढीपीडितका लागि पठाएका छन् । बेलायतमा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गरिरहेका उनीहरुले भोटेकोशी बाढी पीडितका लागि आफ्नो दुईवटा रेष्टुरेन्टको एक दिनको कमाइ नेपाल पठाएका हुन् । सञ्चालक विष्णु खरेलका अनुसार, बाढी लगत्तै रेष्टुरेन्टले गत ६ सेप्टेम्बरमा एक च्यारिटी इभेन्ट […]

बेलायतमा डा.रीता गुरुङलाई भेटघाट तथा सम्मान [तस्बिरहरु]

अल्डरसट । नेपालबाट छोटो समयका लागि बेलायत भ्रमणमा आएकी डा. रीता गुरुङलाई अल्डरसटस्थित पानस रेस्टुरेन्टमा एक कार्यक्रमबीच भेटघाट तथा सम्मान गरिएको छ। डा. गुरुङलाईख रेज अफ होप टिम, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमला देवी गुरुङ, एनआरएनए यूकेका पूर्वअध्यक्ष हित काजी गुरुङसहित उनकी धर्मपत्नी तथा अन्य महानुभावहरूले स्वागत सम्मान गरेका हुन् […]

बेलायतमा २६ सेप्टेम्बरमा ‘काव्य–सन्ध्या’ : मञ्च उत्रँदै छन् ८ कवि

लन्डन । बेलायतमा यही २६ सेप्टेम्बरमा हुने ‘काव्य–सन्ध्या’मा आठ जना कविहरुले आफ्ना सिर्जना वाचन गर्ने भएका छन् । साहित्य संगालोको आयोजना र साहित्यकार केदार संकेतको संयोजनमा हुने कार्यक्रममा एभरेस्ट टाइम्स यूकेका सम्पादक समेत रहेका साहित्यकार डा.दुत पुन ‘चिम्खोले काइँला’, डा. मूलीवीर राई, विजय हितान, आरएल श्रमजीवी, राज श्रेष्ठ, शशी थापा सुब्बा, डा. मुकुल दाहाल र […]

error: Content is protected !!