
गुरुङ फिल्म एसोसिएसन नेपालको अध्यक्षमा अर्जुन गुरुङ निर्विरोध
पोखरा । गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान)को अध्यक्षमा अर्जुन गुरुङ निर्विरोध निर्वाचित भएका छन् । जिफानको शुक्रबार पोखरामा सम्पन्न १८औं साधारणसभा तथा नवौं राष्ट्रिय अधिवेशनले गुरुङको नेतृत्वमा तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो










