
विभिन्न कार्यक्रम गरी घलेभञ्जाङमा मनाइयो विश्व स्वास्थ्य दिवस
घलेभञ्जाङ (नुवाकोट) । पञ्चकन्या गाउँपालिका ३ घलेगाउँमा विभिन्न कार्यक्रम गरी आइतबार विश्व स्वास्थ्य दिवस मनाइएको छ । पञ्चकन्या गाउँपालिका स्वास्थ्य तथा सरसफाई शाखाको आयोजनामा गाउँपालिकाको अस्थायी कार्यालय घलेभञ्ज्याङमा स्वास्थ्य दिवसको अवसरमा कार्यक्रम गरिएको हो ।





