
बेलायतबाट एसियन महिला एसोसिएसनद्वारा नेपालका बाढीपीडितका लागि २ लाख रुपैयाँभन्दा बढी सहयोग
लन्डन । बेलायतबाट एसियन महिला एसोसिएसन (आमा) ले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ९९९ रूपैयाँ आर्थिक सहयोग गरेको छ। अगस्ट २६ मा नेपालमा गएको बाढी प्रभावितको लागि आमाले शनिबार उद्धार कोषमा रकम जम्मा गरेको हो।










